Shikhar Insurance

बादललाई माधव नेपालको जवाफः डा. देवकोटालाई मैले उम्मेदवार बनाएको हुँ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १९:२२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा राम बहादुर थापा बादललाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका बादललाई नेता नेपालले सहयोग गर्न नसकिने स्पष्ट पारेको नेपालको सचिवालयले जनाएको छ । बरिष्ठ नेता नेपालको सचिवालयका तर्फबाट मोहन गौतमले दिएको जानकारी अनुसार बरिष्ठ नेता नेपालले डा. खिमलाल देवकोटालाई आफ्नै पहलले उम्मेदवार बनाएकाले बादललाई सहयोग गर्न नसकिने स्पष्ट पारिदिएका थिए ।

आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा। खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो । त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।
मोहन गौतम
पूर्व प्रधानमन्त्री मा। माधवकुमार नेपालको सचिवालय
२०७८ जेष्ठ ४ गते

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्