Shikhar Insurance

एउटा पुनर्बीमा कम्पनीका लागि ५ वटा आवेदन, शक्तिकेन्द्रहरु बीच टकराव, कसले मार्ला बाजी ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार १२:५३
NIMB
Nabil Bank

काठमाडौं । पुनर्बीमाको लाइसेन्स माग्दै पाँच वटा कम्पनी बीमा समितिमा पुगेका छन् । बीमा समितिले तोकेको अवधीभित्र अर्थात जेठ ५ गते मध्यान्ह १२ बजेसम्म ५ वटा कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका हुन् । लाइसेन्स माग्ने कम्पनीहरुमा प्रुडेन्सियल रि, काठमाडौं रि, जेन्युइन रि, अन्नपूर्ण रि र हिमालयन रि रहेका छन् । लाइसेन्स माग्दै आएका पाँच कम्पनीमध्ये हिमालयन रि भने नयाँ हो ।

बीमा समितिले बैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने र त्यसका लागि आवेदन गर्न भनेको थियो । समितिले यस अघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेका लगानीकर्ताहरुलाई नयाँ पुनर्बीमा कम्पनीमा लगानी गर्न नदिने भनेको छ । अर्थात क्रस होल्डिङ नभएको नयाँ कम्पनीले मात्रै लाइसेन्स पाउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अघि जेन्युइन रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि र काठमाडौं रिले लाइसेन्सका लागि बीमा समितिमा निवेदन दर्ता गरेका थिए । समितिले पुराना निवेदनहरुलाई खारेज गर्दै नयाँ आव्हान गरेको हो ।  पुनर्बीमा कम्पनीको लाइसेन्स माग्दै आवेदन दिनेहरुमा राजनीतिक पृष्ठभूमिदेखि कर्पाेरेट टाइकुन र एनआरएनहरु समेत रहेका छन् ।

पुनर्बीमा कम्पनीको लाइसेन्स माग्नेहरुमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि पूर्व अध्यक्ष शेष घले हुँदै मारवाडी समुदायको अग्रवाल ग्रुप हुँदै आईएमई समुह समेत छ । बामदेव गौतमको युवा किसान महासंघका अध्यक्ष बाबुराम थापा पनि पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा सामेल छन् ।  पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि व्यवसायीक र राजनीतिक रुपले ठूलै टकराव हुने देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्