Shikhar Insurance

निक्षेप र कर्जा विस्तारमा एनआईसी एशियाको चमत्कारिक शैली, सिटिजन्सको लोभलाग्दो चाल (बाँकी बैंकको कस्तो ?)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार १५:३९
NIMB
Nabil Bank

काठमाडौं । तीन वटा बैंकले नेपाली वाणिज्य बैंक उद्योगको एक तिहाइ क्षेत्र आफ्नो पोल्टामा पारेका छन् । चालु आर्थिक वर्षको १० महिना बित्दा उद्योगको एक तिहाई भन्दा बढी निक्षेप एनआईसी एशिया, सिटिजन्स र ग्लोबल आईएमई बैंकले उठाएका हुन् भने करिब १ चौथाई कर्जा प्रवाह यी ३ वटा बैंकहरूबाट भएको देखिन्छ ।

चालु आवको वैशाख मसान्तसम्म वाणिज्य बैंक प्रणालीमा ४ खर्ब ५४ अर्ब ४ करोड रूपैयाँ निक्षेप संकलन भएको छ भने ६ खर्ब ६८ अर्ब १८ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये ३ बैंकमा १ खर्ब ५७ अर्ब ३ करोड रूपैयाँ निक्षेप संकलन भएको छ र यी बैंकबाट १ खर्ब ६५ अर्ब ४९ करोड रूपैयाँ कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

२७ वाणिज्य बैंकहरूले १० महिनामा संकलन गरेको कुल निक्षेप र कर्जा प्रवाह गरेको कर्जामा ३ बैंकको हिस्सा (अर्ब रूपैयाँमा)

यसरी वाणिज्य बैंकहरूसँग गत असार मसान्तसम्म रहेको ३४ खर्ब ८९ अर्ब ९८ करोडको कुल निक्षेप ३९ खर्ब ५५ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ भने २९ खर्ब ५ अर्ब ३१ करोड रहेको कुल प्रवाह बढेर ३६ खर्ब १० अर्ब ५१ करोड रूपैयाँ पुगेको छ ।

 

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले चालु आवमा चमत्कार नै गरेको छ । बैंकले १० महिनामा ९३ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । निक्षेप र कर्जा अरू वाणिज्य बैंकहरूको भन्दा बढी हो ।

१० महिनामा वाणिज्य बैंकहरूले उठाएको कुल निक्षेपमा एनआईसी एशियाको हिस्सा २०.५९ प्रतिशत हो । यस्तै प्रवाह गरेको कर्जाको हिस्सा १३.९ प्रतिशत हो ।

बैंकले हालसम्म सर्वाधिक ३ खर्ब ४ अर्ब ३५ करोड रूपैयाँ निक्षेप उठाएको छ भने सर्वाधिक २ खर्ब ६६ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले चालू आव २०७७/७८ को तेस्रो त्रैमाससम्म नाफा बढाएर ३ अर्ब रुपैयाँ पुर्‍याएको थियो ।

चैत मसान्तसम्मको तथ्यांकअनुसार बैंकले वाणिज्य बैंकहरूले सोही अवधिमा गरेकत्त कुल कर्जा वृद्धिमा १४.२१ प्रतिशतको हिस्सा थियो । चैत मसान्तसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप वृद्धिमा बैंकको हिस्सा १८.१८ प्रतिशत थियो ।

 

सिटिजन्स बैंक इन्टरनेसनल

१० महिनामा लोभलाग्दो प्रगति गर्ने बैंक हो, सिटिजन्स बैंक इन्टरनेसनल ।

बैंकले १० महिनामा ३५ अर्ब ९५ करोड रूपैयाँ निक्षेप उठाएको छ । वाणिज्य बैंकहरूमा यो दोस्रो बढी हो । बैंकले हालसम्म १ खर्ब २८ अर्ब रूपैयाँ निक्षेप उठाएको छ ।

धेरै कर्जा प्रवाह गर्नेहरूको सू्चीमा बैंक सातौं नम्बरमा आउँछ । बैंकले १० महिनामा ३२ अर्ब ९६ करोड कर्जा प्रवाह थपेर कुल १ खर्ब १४ अर्ब रूपैयाँ पुर्‍याएको छ ।

बैंकले चैत मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ ।

बैंकले गत चैत १४ गते तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गरी एकिकृत कारोबार सुरु गरेको थियो । बैंकले ३ वर्षमा शीर्ष १० बैंक बन्ने लक्ष्य लिएको छ ।

 

ग्लोबल आईएमई बैंक

ठूला बैंकहरूको सूचीमा पर्ने ग्लोबल आईएमई बैंकको बजार विस्तार पनि आक्रामक शैलीको छ । बैंक दोस्रो सर्वाधिक निक्षेप संकलन तथा कर्जा प्रवाह गर्ने बैंक हो । जनता बैंकसँगको मर्जरपछि ग्लोबल आईएमई झनै तीब्र रफ्तारमा अघि बढेको छ ।

चालु आवको १० महिनामा बैंकले २७ अर्ब ५७ करोड रूपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ३६ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । १० महिनामा गरेको निक्षेप संकलन र कर्जा प्रवाह वाणिज्य बैंकहरूमध्ये चौथोमा आउँछ ।

वैशाख महिनामा भने बैंकको निक्षेप ४ अर्ब ३२ करोडले घटेको छ भने कर्जा प्रवाह ३ अर्ब ८१ करोडले बढेको छ ।

 

हेरौं, १० महिनामा संकलित निक्षेप र प्रवाह भएको कुल कर्जाको लेखाजोखा (बैंकअनुसार) ।

 

निक्षेपमा सिभिल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र एनएमबि बैंकले पनि राम्रै उन्नती गरेका छन् । कर्जा प्रवाहतर्फ भने नबिल बैंक दोस्रोमा आउँछ । प्रभु बैंकले पनि कर्जा प्रवाहमार्फत् राम्रै बिजनेस गरेको छ ।

वैशाखमा निक्षेप र कर्जाको वृद्धि

वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ४२ करोडले बढेको छ भने कर्जा ३७ अर्ब २ करोडले बढेको बैंकर्स संघको तथ्यांक छ । वैशाखमा सबैभन्दा बढी निक्षेप बढाउने बैंक एनआईसी एशिया हो भने दोस्रो धेरै निक्षेप कुमारी बैंकले बढाएको छ । १३ वटा बैंकमा भने निक्षेप घटेको बैंकर्स संघले जनाएको छ ।

 

कुन बैंकसँग कुल निक्षेप कति ? कुन बैंकको कुल कर्जा प्रवाह कति ?

वैशाख मसान्तसम्मको तथ्यांकअनुसार चालु आवमा चमत्कारिक पर्फमेन्स गरेको एनआईसी एशिया सबैभन्दा बढी निक्षेप होल्ड गर्ने बैंक हो । बैंकसँग ३ खर्ब ४ अर्ब ३५ करोड रूपैयाँ निक्षेप छ । यस्तै ग्लोबल आईएमई बैंकसँग २ खर्ब ५४ अर्ब २१ करोड रूपैयाँ निक्षेप छ । राष्ट्रिय वाणिज्य बैंकसँग २ अर्ब ४५ अर्ब रूपैयाँ निक्षेप रहेको बैंकर्स संघको तथ्यांकले देखाउँछ ।

कर्जा प्रवाहको सूचीमा एनआईसी एशिया शीर्षमा छ भने ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ । कर्जा प्रवाहको सूचीमा नबिल बैंक तेस्रोमा रहँदा राष्ट्रिय वाणिज्य बैंक चौथोमा अटाएको छ । यी बैंकहरूले क्रमशः २ खर्ब ६६ अर्ब ९१ करोड, २ खर्ब ३९ अर्ब ३५ करोड र १ खर्ब ९३ अर्ब २३ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्