Shikhar Insurance

कोरोनाकालमा सेयर बजारमा अर्को रेकर्ड, कारोबार रकम इतिहासकै धेरै

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार १५:५६
NIMB
Nabil Bank

काठमाडौं । निषेधाज्ञामाझ सेयर कारोबारमा दिनैपिच्छे नयाँ रेकर्ड बन्न थालेको छ । मंगलबार नेप्से परिसूचक ऐतिहासिक बिन्दुमा पुग्दा उच्च कारोबार भएकामा बुधबार कारोबार रकमले नयाँ उचाइ समातेको छ ।

कोरोनाकालमा लगानीको अन्य क्षेत्र खुला नहुँदा आम सर्वसाधारण सेयर बजारमा भुम्मिएका हुन् । परिणमस्वरुप, इतिहासकै सबैभन्दा धेरै ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसक्रममा १ लाख ३२ हजार कारोबारबाट २ करोड ५१ लाख २१ हजार कित्ता सेयर किनबेच भए ।

अघिल्लो दिन पनि ११ अर्ब ३५ करोडको कारोबार भइ सेयर बजारमा इतिहास रचिएको थियो ।

मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्स परिसूचकमा भने बुधबार सामान्य करेक्सन आयो । नेप्से १३.०९ अंकले घटेर २७८०.२१ अंकमा पुगेको हो ।

सर्वाधिक रकमको सेयर किनबेच भएको दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक ५५ करोड ६९ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ करोड ३४ लाख रुपैयाँको कारोबार भए । संख्याका आधारमा सबैभन्दा बढी सेयर नेसनल हाइड्रोको किनबेच भए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्