Shikhar Insurance

नेपाल लाइफका कर्मचारीले कोरोना लागे ८० प्रतिशत उपचार खर्च आफैं व्यहोर्नुपर्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमित कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च नव्यहोर्ने भएको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई ईमेल लेखेर कोरोना संक्रमण उपचारको सबै खर्च नव्यहोर्ने स्पष्ट पारेको हो ।

कम्पनीको मानव संसाधन विभागले सबै कर्मचारीहरुलाई ईमेल पठाएर कोरोना संक्रमितको उपचार खर्चमध्ये अधिकतम २० प्रतिशतसम्म मात्रै व्यहोर्ने स्पष्ट पारेको हो । बाँकी रहेको ८० प्रतिशत भन्दा बढी उपचार खर्च सम्बन्धीत कर्मचारीले नै गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले सहयोगी तथा सहायक स्तरका कर्मचारीको २० प्रतिशत, अफिसरको १५ प्रतिशत र मेनेजेर तथा सो भन्दा माथिका कर्मचारीको कोरोना उपचार खर्च १० प्रतिशतसम्म मात्रै व्यहोर्ने जानकारी गराएको हो ।

नेपाल लाइफको मानव संसाधन विभागले कर्मचारीहरुलाई पठाएको मेल

कोरोना संक्रमित कर्मचारीले सुरुमा आफैले उपचार गर्नुपर्नेछ र पछि कम्पनीमा बिल बुझाएपछि तोकिएको सिमा भित्रको रकम प्राप्त हुनेछ । कर्मचारी कोरोना परिक्षण गराउँदा पनि आफु भन्दा माथिल्लो स्तरका हाकिमको स्वीकृति लिनुपर्नेछ ।

बीमा समितिको निर्देशनको ठाडो उल्लंघन
बीमा समितिले बैशाख ३१ गते सबै बीमा कम्पनीहरुलाई परिपत्र गर्दै कोरोना संक्रमित कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्न निर्देशन दिएको थियो ।
तर नेपाल लाइफले समितिको निर्देशन विपरिद कर्मचारीको उपचार खर्च नव्यहोर्ने खबर पठाएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्