Shikhar Insurance

‘हाम्रो लगानीमा उत्पादन हुने बिजुली प्राधिकरणले किन्न नसके के गर्नु ? त्यसैले नयाँ कम्पनी’

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार २०:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफ्नो लगानीमा उत्पादन हुने बिजुली प्राधिकरणले नकिने खेर जानुपर्ने स्थितिलाई ध्यानमा राखेर नयाँ कम्पनी निर्माणको प्रस्ताव गरेको बताएको छ । बैंकले नेपालमा उत्पादित बिजुलीको माग बढाउन तथा व्यापारिकरणमा योगदान पुर्‍याउन विद्युत व्यापार कम्पनी स्थापना गर्न प्रस्ताव गरेको बताएको हो ।

कम्पनी स्थापनाको प्रस्ताव यतिबेला ऊर्जा मन्त्रालय पुगेको छ । कम्पनी स्थापना भए विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको मोनोपोली तोडिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले विद्युत प्राधिकरणले प्रशारणलाइन निर्माण गर्न नसक्दा दशौं मेगावाट खेर गइरहेको छ । भविष्यमा प्राधिकरणले बिजुलीको माग नबढ्ने स्थितिमा आफ्नो लगानी भएको आयोजनाबाट उत्पादित बिजुली खेर जान नदिन कम्पनी निर्माणको प्रस्ताव निफ्राले गरेको हो ।

निफ्राले सो कम्पनीमार्फत् नेपालमा बढी भएको बिजुली भारत तथा तेस्रो मुलुकमा बिक्री सहज बनाउन कम्पनी खोल्न लागेको उल्लेख गरेको छ ।

निफ्राको ५० प्रतिशत लगानी विद्युत उत्पादनको क्षेत्रमा हुनेछ । र, अहिले अरु बैंकले ५ खर्ब लगानी विद्युत उत्पादनमा गरिरहेका छन् ।
यस्तोमा प्राधिकरणले बिजुली नकिने सम्पूर्ण बैंकिङ क्षेत्र र अर्थतन्त्र नै धरासयी हुनेछ ।

निफ्राले भनेको छ, “विद्युतको क्षेत्रमा समेत हामीले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यकता छ ।” नयाँ कम्पनीमार्फत् कम्पनीले प्रशारणलाइन र उत्पादन लगानी सँगसँगै लैजाने बताएको छ ।

भारतमा निजी क्षेत्र विद्युत व्यापारमा संलग्न भएपछि भारतले यस क्षेत्रमा फड्को मारेको छ । नेपालमा पनि यही आवश्यकता महसुस गरेर कम्पनी स्थापनाको प्रक्रिया अघि बढाइएको हो ।

नेपालमा विद्युत व्यापारमा प्राधिकरण एक्लो हुँदा उल्लेख्य उन्नती हुन सकिरहेको छैन ।

प्रस्तावित कम्पनीमा नेपाल सरकारको समेत सहभागिता हुनेछ । यसले गर्दा भारत तथा तेस्रो मुलुकमा बिजुली बेच्न र परियोजना तथा ट्रान्समिसन निर्माणमा सहज हुने निफ्राले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्