Shikhar Insurance

पहिलो दिन मै प्रभु सेलेक्ट फण्डको ५६ प्रतिशत इकाइ बिक्री

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार २१:१२
NIMB
Nabil Bank

काठमाडौं । आजबाट निष्काशन भएको प्रभु सेलेक्ट फन्डमा पहिलो दिन मै ५६ प्रतिशत भन्दा बढी आवेदन परेको छ । हालसम्म १७ हजार ९ सय ७२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ४१ करोड १४ लाख ८३ हजार ७ सय रकम बराबरको ४ करोड ११ लाख ४८ हजार ३ सय ७० इकाई खरिदका लागि आवेदन परेको हो ।

प्रभु क्यापिटलले आज जेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्