Shikhar Insurance

तिब्बत सरकारले दियो ३० मेट्रिक टन लिक्विड अक्सिजन ग्यास, २०० थान आईसीयु बेड पनि आउँदै

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार ११:४३
NIMB
Nabil Bank

काठमाडौं । चिनको तिब्बत सरकारले नेपाललाई १५० सिलिण्डर लिक्विड अक्सिजन ग्यास सहयोग गरेको छ । ३० मेट्रिकटन तौलको सो ग्यास शुक्रबार साँझसम्म तातो पानी खासामा आईपुग्नेछ । सो ग्यासले ४० किलो तौलका ६ हजार सिलिण्डर ग्यास भर्न सकिन्छ ।

तिब्बतमा रहेका नेपाल सरकारका सहसचिव तथा महाबाणिज्य दुत नबराज ढकालले केहि समय भित्रै तिब्बत सरकारले २०० थान आईसीयु बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सर्नट्रेटर दिने प्रतिवद्धता जनाएको पनि महाबाणिज्य दुत ढकालले बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तिब्बत सरकारले स्थलमार्गबाट नेपाल पठाइने समान ढुवानीमा कुनै बाधा नपुग्ने सुनिश्चिता गरेको पनि उनले बताएका छन् । त्यस्तै, सान शिको निजी कम्पनीले पनि ३० वटा अक्सिजन कन्सर्नट्रेटर सहयोग गरेको र निःशुल्क ढुवानी गरि काठमाडौं पठाउनेछ । गुडविल फाउण्डेशन तिब्बतले पनि अर्काे हप्ता ५० वटा अक्सिजन कन्सर्नट्रेटर दिनेछ ।

त्यस्तै, निजी क्षेत्रबाट खरिद गरिएका कोरोना नियन्त्रणमा प्रयोग हुन समान बोकेका २२ वटा सवारी साधान तिब्बतबाट हिडेका छन् । १५ वटा सवारी साधन भने तातोपानी आईपुग्नै लागेका छन् । एभरेष्ट ग्यासको ४ हजार ५ सय खाली सिलिण्डर तिब्बतबाट केहि दिनमै नेपाल हिड्नेछ । ल्हासा सीटीले पनि ४ वटा भेन्टिलेटर सहयोग गरेको पनि ढकालले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्