Shikhar Insurance

उपत्यका बाहिरका ८ अस्पतालमा राधा पौडेल फाउन्डेसनको सहयोग

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार २०:०४
NIMB
Nabil Bank

 

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि राधा पौडेल फाउन्डेसनले उपत्यका बाहिरका ८ अस्पतालका लागि विद्युतबाट अक्सिजन दिन सक्ने मेसिनसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि फाउन्डेसनले विभिन्न अप्ठ्यारोमा रहेका ८ सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा करिब २५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

फाउन्डेसनका अध्यक्ष राधा पौडेलले बिहीबार विज्ञप्ति निकाली संसारभर छरिएका मनकारीहरुसँग हातेमालो गर्दै सहयोग जुटाएर अस्पतालहरुलाई सामग्री पठाएको जानकारी गराएकी हुन् । फाउन्डेसनले नागरिक कोभिड अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज, माडी अस्पताल चितवन, परासी अस्पताल नवलपरासी पश्चिम, गजुरी स्वास्थ्य केन्द्र धादिङ, नारायणी उपक्षेत्रीय अस्पताल बीरगञ्ज, आपिल अस्पताल गोरखा र जौबारी स्वास्थ्य केन्द्र गोरखालाई सहयोग गरेको हो ।

फाउन्डेसनले मर्यादित महिनाबारी संजालका संसारभर नै छरिएर रहेका अभियान्ता हरुबाट सहयोग संकलन गरेको थियो । फाण्डेसनले चीनबाट खरिद गरेको २० थान अक्सिजन कन्सेंट्रेटर सहित पल्स अक्सिमिटर १०० , पीपीई १०० , फेस सिल्ड १००० , महिनाबारी प्याड ९२० र मास्क ५००० लगायतका स्वास्थ्य सामग्री बतिरण गरेको जनाएको छ ।

अस्पतालहरूमा बेड, अक्सिजन, भेन्टिलेटर र औषधिको अभावका कारण संक्रमितहरू उपचार नपाएर मर्नुपरेको अवस्थामा अभियान जारी रहने पनि फाण्डेसनले जनाएको छ । राधा पौडेल फाउन्डेसनले स्थापना कालदेखि नै बिभिन्न समयमा आइपरेका विपद तथा कोभिड (१९ पहिलो लहरमा काम गर्दै आएको छ ।

सहयोग गरेको अस्पताल र स्वास्थ्य सामग्री

S.N. Organizations Descriptions Contact Person
1 Nagar COVID Hospital , Surkhet 02 Concentrator-6, Oximeter -10, PPE- 10,Pad -25, Face Shiled 100, Dr. Nawaraj KC, 9858060123
2 Bheri Hospital, Nepalgunj, Banke 02 Concentrator-4, Oximeter -10, PPE- 10,Pad -25, Face Shiled 100 Dr. Prakash Thapa, 9858020419
3 Madi Hospital Madi, Chitwan 02 Concentrator-2, Oximeter -5, PPE- 5,Pad -25, Face Shiled 50 Shiva Prasad Subedi 9865240688
4 Parasi Hospital (paschim) 02 Concentrator-2, Oximeter -5, PPE- 5,Pad -25, Face Shiled -50 Samir Pariyar

980440631

5 Gajuri PHC, Gajuri 02 Concentrator-1, Oximeter  5-, PPE- 5,Face Shiled -50 Nursing officer, Radha Pandey 9841550690
Narayani Sub regional hospital, Birgunj 02 Concentrator-2, Oximeter -10, PPE- 10,Pad -25, Face Shiled 50 Dr Inamol Hag 9855061250
7 Jaubari PHC, Gorkha 02 Concentrator-2, Oximeter -5, PPE- 5,Pad -25, Face Shiled 50 Dr. Dipendra Makranti

9808084112

8 Apa Pipal Hospital, Gorkha 02 Concentrator-1, Oximeter -10, PPE- 10,Pad -25

Face Shiled 100

Dipendra Giri , chief of Health, Municipality

9856062219

9 Others Oximeter -40, PPE- 35,Pad –

Face Shiled 450

Kathmandu

Isolation, orphanage home

 

GBIME

प्रतिक्रिया दिनुहोस्