Shikhar Insurance

२१ घण्टाभित्र ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने, अन्यथा संसद बिघटन !

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार २०:२२
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई केपी ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएकए छिन् । भोली अर्थात जेठ ७ गते साँझ ५ बजेभित्र राजनीतिक दलहरुले वैकल्पिक सरकार गठनका लागि आधारसहित दावी पेश गर्नुपर्नेछ । यदि त्यस्तो सम्भव नभएमा ओलीकै नेतृत्वको सरकारले संसद बिघटन गरि नयाँ निर्वाचनको मिति घोषणा गर्न सक्ने अवस्था सृजना भएको छ ।

अब दलहरुले संबिधानको धारा ६६को उपधारा ५ बमोजिमको सरकार गठन प्रक्रिया २१ घण्टा भन्दा कम समयमा नयाँ सरकार गठनका आधार पेश गर्नुपर्नेछ । अन्यथा ओलीले संसद बिघटन गरि नयाँ निर्वाचनको मिति घोषणा गर्नेछन् । वा ओलीले नै महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव अघि सार्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्