Shikhar Insurance

११ दिनपछि रोकियो ईजरायल–प्यालेस्टाइन युद्ध, २४० को मृत्यु, सैयौं घाइते

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १०:०७
NIMB
Nabil Bank

काठमाडौं । ११ दिनको रक्तपातपूर्ण संघर्षपछि इजरायल र प्यालेस्टाइनबीच युद्ध बिराम भएको छ । इजरायली मन्त्रिपरिषदले युद्ध बिरामको घोषणा गरेको छ भने प्यालेस्टीनी समुह हमासले पनि संघर्ष रोकेको जनाएको छ ।

इजरायल र प्यालेस्टीनी समुह हमासबीचको ११ दिने संघर्षसमा २४० जना भन्दा बढीको मृत्यु भएको छ । मृतकमध्ये २३२ जना प्यालेस्टीनी रहेका छन् । ११ मेबाट सुरु भएको संघर्षमा इजरायलले एक सय भन्दा बढी पटक गाँजा क्षेत्रमा हवाई हमला गरेको थियो भने प्यालेस्टीनीहरुले हजारौं रकेट प्रहार गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

युद्धमा पनि सैयौं नागरिक घाइते भएका छन् । संयुक्त राष्ट्र संघले दुबै देशलाई शान्तिका लागि अपिल गरेको थियो भने बाँकी विश्व विभाजित थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्