Shikhar Insurance

खनाल–नेपाल समुहका २२ सांसदले अहिले राजीनामा दिँदै

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) खनाल–नेपाल समुहका २२ जना सांसदले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री ओलीले एक पछि अर्काे असंबैधानिक कदम चालेपछि खनाल–नेपालसमुहले राजीनामा नगरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न लागेको हो ।

‘सांसदहरुले राजीनामा गरेरै भएपनि ओली सरकारको विकल्प खोज्नुपर्ने अवस्था आयो’, श्रोतले भन्यो । २२ जना सांसदले राजीनामा गरेर ओली नेतृत्वमा नयाँ सरकार गठनका लागि वातावरण बनाउन लागिएको हो । राष्ट्रपतिले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम आज साँझ ५ बजेभित्र नयाँ सरकार गठनका लागि बहुमत दावी गर्न आव्हान गरेकी छिन् । त्यसो नभएमा प्रधानमन्त्री ओलीले पुनः संसद बिघटन गरेर निर्वाचनको मिति घोषणा गर्नेछन् । त्यसलाई रोक्नका लागि खनाल–नेपालसमुहले राजीनामा गर्न लागेको श्रोतले बतायो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्