Shikhar Insurance

जय कुमार राईको हस्ताक्षर समावेश नगरिएको खुलासा, योगेशले छाडे टिम

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १८:३७
NIMB
Nabil Bank

काठमाडौं । शेर बहादुर देउवा नेतृत्वमा बैकल्पिक सरकार गठनमा सुनसरी १ का सांसद जय कुमार राईको नाम समावेश नगरिएको खुलासा भएको छ । देउवाको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्न खनाल–नेपाल समुहका २७ सांसदले हस्ताक्षर गरेका थिए । सो सूचिमा आफ्नो नाम पनि समावेश गरिएको भन्दै सुनसरी १ का एमाले सांसद राईले विज्ञप्ति निकालेका थिए ।

तर खनाल नेपाल समुहले भने राईको हस्ताक्षर समावेश नगरिएको स्पष्ट पारेको हो । ‘उहाँले विज्ञप्तिबाजी गर्नु भएछ, उहाँको हस्ताक्षर समावेश गरिएकै छैन’, खनाल नेपाल निकट एक नेताले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

योगेशले छाडे टिम
उता ताप्लेजुङबाट प्रतिनिधी सभामा निर्वाचित युवा नेता योगेश भट्टराईले भने खनाल नेपाल समुह छाडेका छन् । उनले ओलीको बैकल्पिक सरकार गठनका लागि हस्ताक्षर समेत गरेका छैनन् । बरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री बनाउने सर्तमा हस्ताक्षर गर्ने तर देउवाका नाममा हस्ताक्षर नगर्ने उनले बताएर बैठक स्थ छाडेका थिए ।

हस्ताक्षरकर्ता सांसदलाई राजन भट्टराईको फोन
ओली सरकार हटाएर देउवाको नेतृत्वमा सरकार गठन गर्न हस्ताक्षर गरेका सांसदहरुलाई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले फोन गर्न थालेका छन् । उनले ओलीका विरुद्ध लाग्नेहरुलाई गाह्रो पर्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको एक सांसदले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्