Shikhar Insurance

प्रधानमन्त्रीले जे बोले त्यही कानुन ! सपथ व्यहोराबाट ‘प्रतिज्ञा गर्दछु’ हट्यो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार २१:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा प्रधानमन्त्रीले बोलेकै कुरा कानुन मानिने देश बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको शपथ सम्बन्धी अध्यादेश अनुसार प्रधानमन्त्री केपी ओलीले ‘त्यो पर्दैन’ भनेको विषय कानुन बनेर आएको हो ।

गते वैशाख ३१ गते सपथ लिँने क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्यांश पढेका थिएनन् । राष्ट्रपतिले जारी गरेको अध्यादेश अनुसार शपथको व्यहोरामा ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश हटाइएको छ । सपथ लिने क्रममा राष्ट्रपतिले ‘प्रतिज्ञा गर्दछु’ पढ्न ओलीलाई आग्रह गरेपनि ओलीले ‘त्यो पर्दैन’ भन्दै आदेश दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

ओलीले बोलेकै अनुसार राष्ट्रपतिले कानुन बनाएर ल्याएकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्