Shikhar Insurance

प्लेनमा नेपाली दुग्धजन्य उत्पादन प्रयोगको व्यवस्था मिलाउन मन्त्री अर्यालको निर्देशन

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार २०:११
NIMB
Nabil Bank

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एयरलाइन्सहरुमा नेपालममै उत्पादिक बटर, चिज लगायतका दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दही लगायतका दुग्धजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएको भन्दै नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगको व्यवस्था मिलाउन निर्देशन दिइन् । मन्त्री अर्यालले भनिन्, ‘नेपाल वायुसेवा निगमको प्रमुखसँग छलफल गर्दा बटर, दही लगायतका सामाग्री बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको पाइयो । यी कुरालाई रोकेले स्वदेशमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिनुपर्ने छ । यसले हाम्रो उत्पादन प्रयोग गर्ने दिशामा अगाडि बढेको । यसको प्रगति १ हप्तामा तयारी गर्न निर्देशित गर्दछु ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनले एयरलाइन्सलाई विक्री वितरण गर्ने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिइन् । खासगरी घ्यु, नौनी, चीज लगायतका उत्पादनको बजारीकरण गर्नुपर्ने भन्दै उनले निर्यात प्रवर्धन गर्ने खालका सैद्दान्तिक, नीतिगत व्यवस्था गर्नुपर्ने भएमा अगाडि ल्याएर  व्यावहारिक पाटो सल्ट्याउने कुरा अगाडि बढाउन आग्रह गरिन् ।

अर्थमन्त्रीसँग सफ्ट लोनको विषयमा कुराकानी भइरहेको भन्दै उहाँले दुग्ध किसानको बक्यौता चुक्ताका लागि हालसम्म स्टकमा रहेको सामाग्री सरकारले खरिद गर्ने विषय उठेकोले त्यसको आवश्यक सहजीकरणका विषयमा छलफल गरिने बताइन् । तत्काल किसानको भुक्तानी गर्ने, ज्वलन्त समस्या कसरी समाधान गर्ने भन्ने विषयमा विकल्पसहित छलफल गरी निश्कर्ष निकाल्न समेत उनले संस्थानलाई निर्देशन दिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्