Shikhar Insurance

संकटमा नागरिकसँगै निजी क्षेत्रः ललितपुरमा पनि ३० बेडको आइशोलेशन सेन्टर

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार २०:५०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग र सहकार्यमा कोभिड संक्रमितहरूका लागि भोलिबाट अक्षेश्वर महाविहार पुल्चोक, ललितपुरमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको स्थानीय संयोजन, आरम्भ फाउण्डेशनको स्वास्थ्य सेवा सम्बन्धी सहकार्य र अक्षेश्वर महाविहारले आइशोलेशन केन्द्र स्थापनाका लागि स्थान उपलब्ध गराएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आइशोलेसन सेन्टरमा प्रारम्भमा जम्मा ३० बेड रहने छन् र आवश्यकताका आधारमा थप बेडहरूको व्यवस्थापन गर्दै जाने योजना छ । केन्द्रबाट दैनिक पौष्टिक आहार र स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराइने छ । केन्द्रका लागि आवश्यक औषधि, महासंघको कार्यकारिणी समिति सदस्य प्रवलजंग पाण्डे र निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, मास्क सेनिटाइजर कार्यकारिणी समिति सदस्य आनन्द वगाडिया, खाद्यान्न कार्यकारिणी समिति सदस्य संदिप अग्रवाल(गाडिया), सेनिटाइजर हयाण्डवास सोप पवन चौधरी, डेटोल सोप, कोल्गेट, टुथपेष्ट, टुथव्रस, हार्पिक बल्लभ सिग्देल, पिउने पानी अजयसिंह कार्की, इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटका सेवा पाठक, हात्तिछाप चप्पल विदुषी राणाले उपलव्ध गराई सहयोग गरेका छन् ।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले केन्द्र संचालनमा ल्याएको हो । आइशोलेसनमा रहंदा कुनै संक्रमितहरूमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ भने तत्पश्चातको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ ।

आइशोलशन केन्द्रको अवलोकन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले संक्रमणका बखत उचित खानपिन र वासस्थानको अभाव भइरहेकालाई केन्द्र संचालनबाट ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महामारिको यो समयमा समस्यामा परेकाहरूलाई मानवीय सेवा गर्ने उद्देश्यले महासंघले संचालन गरेको स्वास्थ्य अभियानबाट निकै धेरैले राहतको महशुस गरेको बताए ।

ललितपुर उवासंघका अध्यक्ष मनोज बहादुर न्याच्छयोले यो मानवीय सहायता कार्यमा महासंघसंग जोडिन पाएकोमा खुशी प्रकट गर्दै संघको तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिवद्धता जनाए ।

महासघले यसअघि गत वैशाख ३० गतेदेखि भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग र सहकार्यमा कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको आइशोलेशन सेन्टर र जेठ ३ गते देखि क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालको भवनमा काठमाडौं महानगरपालिका वडा नम्वर १७ संगको सहकार्यमा ५० वेडको आइशोलेशन केन्द्र संचालनमा ल्याई सकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्