Shikhar Insurance

राष्ट्रिय ध्वजा बाहकले के के ल्यायो विदेशबाट ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ८, शनिबार २१:१२
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय ध्वजा बाहक नेपाल बायुसेवा निगमले कोरोना महामारीमा जुध्न आवश्यक स्वास्थ्य सामग्रीहरुको ढुवानीलाई उच्च प्राथमिकता दिँदै आएको छ । कोरोनाको दोश्रो लहर सुरुपछि निगमले दर्जनौं चाटर्ड फ्लाइट मार्फत आवश्यक स्वास्थ्य सामग्री ढुवानी गरिरहेको छ ।

निगमका महाप्रबन्ध डिम प्रकाश पौडेलका अनुसार निगमले हालसम्म २ हजार ६ सय ४५ वटा अक्सिजन सिलिण्डर, ५ सय ३७ वटा अक्सिजन कन्सर्नट्रेटर, एक हजार ६ सय वटा अक्सिजन इन्हेलेटर, १० वटा रेस्पिरेटर, ५ हजार वटा अक्सिजन कन्टेनर र साना प्याकेजिङ १४ हजार वटा नेपाल ल्याईसकेको छ ।
‘नेपालीलाई बाच्न र बचाउन सहयोग गर्ने हाम्रो अभियान जारी छ’, निगम महाप्रबन्धक पौडेलले भनेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्