Shikhar Insurance

पाकिस्तानमा विजुली १.७२ रूपैयाँ प्रति युनिट अनि नेपालमा ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार ०८:०२
NIMB
Nabil Bank

एजेन्सी । पाकिस्तानले विद्युत महशुलमा वृद्धि गरेको छ । मुद्रास्फीति, पेट्रोलियम पदार्थ, खाद्यान्नका सामानहरूको मूल्य वृद्धिपछि आर्थिक भार खेपिरहेका पाकिस्तानीहरूलाई सरकारले शुक्रबार त्रैमासिक समायोजनमा विद्युत् शुल्क बढाउने निर्णय गरेपछि थप मारमा परेका हुन् ।

एक निजी टिभी च्यानललाई उद्धृत गर्दै द न्युज इन्टरनेसनलले रिपोर्ट गरेको छ, “मन्त्रिपरिषद्ले उर्जामन्त्रालयको उक्त निर्णयलाई अनुमोदन गर्दै पत्राचारमार्फत् कार्यान्वयनमा लान अह्वान गरिसकेको छ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०२० को चौथो त्रैमासिकमा प्रति इकाई ८२ पैसाको वृद्धिलाई अनुमोदन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले समायोजनको हिसाबले प्रति इकाई ९० पैसाको वृद्धिलाई अनुमोदन गर्‍यो । विद्युत शुल्कमा गरिएको पछिल्लो वृद्धि २०२१ अक्टोबरदेखि लागू गरिने न्युज इन्टरनेसनलले जनाएको छ ।

यो उल्लेखनीय छ कि मार्च २०२१ को सुरुमा राष्ट्रिय इलेक्ट्रिक उर्जा नियामक प्राधिकरण (नेप्रा) ले विद्युत दरमा प्रति यूनिट ८९ पैसा बढाउने सुचना गरेको थियो । विवरण अनुसार, महशुल दरहरुमा बढाइएको शुल्कका कारण प्राधिकरणलाई ६.९ अर्ब पाकिस्तानी रूपैयाँ बराबरको अतिरिक्त राजस्श्व प्राप्त हुनेछ ।

केन्द्रीय विद्युत् खरीदगर्ने संस्था (सीसीपीए) मा शक्ति बृद्धि गर्नका लागि प्राधिकरणले फेब्रुअरी २५ मा सार्वजनिक सुनुवाइ गरेको थियो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्