Shikhar Insurance

सिद्धबाबा सुरुङ बनाउन मागियो ठेक्का प्रस्ताव, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार १०:३८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले सिद्धबाबा सुरुङ परियोजनाका लागि ठेक्का प्रस्ताव माग गरेको छ । आइतबार बोलपत्र आह्वानको सूचना प्रकाशन गर्दै प्राविध र आर्थिक प्रस्ताव माग गरिएको हो ।

सुरुङ बनाउन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनेछ । जसमा अनुभवी नेपाली तथा विदेशी निर्माण कम्पनी सहभागी हुन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आवेदक निर्माण कम्पनीले सुरुङ ईपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन) मोडलमा सुरुङ बनाउनपर्नेछ । सो कम्पनीले सुरुङ निर्माण गरी सञ्चालन गरेको ५ वर्षसम्म मर्मत गर्नुपर्नेछ ।

सिद्धबाबामा दुई लेनको एउटा सुरुङ बन्न लागेको हो । सुरुङमा इमर्जेन्सी क्रस प्यासेज, पर्याप्त भेन्टिलेसन तथा प्रकाशको व्यवथा हुनेछ ।

सडक विभागले ठेक्काको विद्युतीय आवेदन माग गरेको हो । जसअनुसार इच्छुक आवेदक कम्पनीले आर्थिक र प्राविधिक प्रस्ताव सँगसँगै गर्नुपर्नेछ ।

सुरुङ बनाउन प्रि–क्वालिफिकेसन हुनेछैन । इच्छुक आवेदकको प्रिबिड मिटिङ भने गरिने सडक विभागले जनाएको छ ।

सिद्धबाबा सुरुङ बनाउने निर्माण कम्पनीले पछिल्लो १० वर्षमा कम्तिमा एउटा ईपीसी मोडलमा कम्तिमा ३ मिटरको लेन र १ किमि लम्बाइ भएको ३ अर्ब रुपैयाँको सुरुङ बनाउने काम गरेको हुनुपर्छ ।सुरुङ बनाउने अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको थियो ।

सिद्धबाबाको मुख्य प्रभावित क्षेत्रमा ११ सय २७ मिटर लामो सुरुङ बन्नेछ । त्यसबाहेक निर्माण कम्पनीले ९ सय मिटर लामो ढुंगा रोक्ने छानो (रक सेड) पनि बनाउनुपर्ने छ ।
त्यसबाहेक करिब एक किलोमिटर क्षेत्रमा ढुंगा खस्नबाट रोक्न जाली पनि बाँधिन्छ ।

सिद्धबाबाको पहिरो छल्न बनाइने सुरुङमार्गको स्वीस सरकारको सहयोगमा २०७५ सालमै अध्ययन भएको थियो ।

बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको पहिरो पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका गन्तव्यमा पुग्ने गाडी गुड्छन् । यहाँ वर्षैपिच्छे पहिरोमा झर्ने गर्छ ।

सडकखण्डको माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्