Shikhar Insurance

कोरोना महामारी तर पाकिस्तानको आर्थिक वृद्धिदर सोचे भन्दा राम्रो, कसरी ?

पाकिस्तानी नागरिकको प्रति व्यक्ति आय १३६१ बाट बढेर १५४१ डलर पुगेको छ ।
सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार ०९:५३
NIMB
Nabil Bank

काठमाडौं । कोरोनाको महामारीका बीच पाकिस्तानले सोच भन्दा राम्रो आर्थिक वृद्धिदर हासिल गरेको छ । पाकिस्तानले कोरोना र लकडाउनका बावजुद यस वर्ष ३.९४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको हो । पाकिस्तानी पत्रिका एक्सप्रेसका अनुसार शुक्रबार नेशनल अकाउन्ट्स कमेटीले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९४ प्रतिशत रहने दावी सार्वजनिक गरेको हो ।

यद्यपी पाकिस्तान सरकार र अन्तराष्ट्रिय वित्तिय संस्थाहरुको अनुमान भन्दा यो आर्थिक वृद्धिदर निकै बढी हो । गत आर्थिक वर्षमा पाकिस्तानको आर्थिक वृद्धिदर ०.४७ प्रतिशत थियो । पाकिस्तान सरकारले यस वर्ष भने देशको आर्थिक वृद्धिदर २.१ हुने अनुमान गरेको थियो । आइएमएफले २.० प्रतिशत र विश्व बैंकले १.५ प्रतिशतको आर्थिक वृद्धिदर मात्रै हासिल हुने बताएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अपेक्षा भन्दा राम्रो आर्थिक वृद्धिदर हासिल भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोना महामारीका बीच आश्चर्यजनक आर्थिक वृद्धिदर हासिल हुनु आफ्नो सरकारको सहित आर्थिक नीतिहरुको परिणाम भएको दावी गरेका छन् । पाकिस्तानका योजना मन्त्री असद उमरले कोरोना महामारीका बीच ३.९४ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुनु इमरान खान सरकोको ठूलो सफलता भएको बताएका छन् ।

आर्थिक वृद्धिदर सुधार भएसँगै पाकिस्तानको प्रति व्यक्ति आय पनि १ एक हजार ३ सय ६१ डलरबाट बढेर एक हजार ५ सय ४१ डलर पुगेको छ । विपक्षीहरुले इमरान खान सरकारले अर्थतन्त्र ध्वस्त बनाएको भन्दै व्यापक आलोचना गरिरहेका बेला सार्वजनिक भएको तथ्यांकले सरकारलाई राहत दिएको छ । यद्यपी खान सरकारमाथि विपपक्षीहरुको आरोप भने जारी नै छ । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोले इमरान खान सरकारले पूर्व सरकारका योजनाहरुलाई आफ्नो सफलता बताउने बाहेक केहि काम नगरेको आरोप लगाएका छन् ।

आर्थिक वृद्धिदर बढेको प्रचार गराईरहेका खानले नागरिक प्रति कुनै ध्यान नदिएको आरोप पनि भुट्टोले लगाएका छन् । भुट्टाले नागरिकको क्रयशक्तिमा निरन्तर ह्रास आईरहेको दावी गरेका छन् ।

चिन–पाकिस्तान सम्बन्ध ७० वर्षमा
पाकिस्तान र चिनको सम्बन्ध ७० वर्ष पुरा भएको छ । शुक्रबार यहि अवसरमा केहि महत्वपूर्ण कार्यक्रम पनि भए । पाकिस्तानी पत्रिका जंगका अनुसार इमरान खानले चिनको सहयोगमा निर्माण हुने ११ सय मेगावाट क्षमताको कराँची न्युक्लियर प्लान्ट(के–२)को उद्घाटन गरेका छन् ।

उनले देशमा भ्रष्टाचार उन्मुलनका लागि पनि सरकार कठोर भएर लागि परेको बताएका छन् । खानले भ्रष्टाचार नियन्त्रणमा चिनियाँ मोडलको चर्चा पनि गरेका थिए । चिनले मन्त्रिस्तरका ४२५ जनालाई चिनले भ्रष्टाचार मुद्धामा कारवाही गरेको नजिर सुनाउँदै पाकिस्तानले पनि सोही अनुसार गर्नुपर्ने धारणा अघि सारेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्