Shikhar Insurance

सामुद्रिक आँधीले रोकेको सगरमाथा आरोहण पुनः सुरू, २ सय ५० आरोही शिखरतर्फ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार १२:२५
NIMB
Nabil Bank

काठमाडौं । अरब सागरमा विकसित भएको सामुद्रिक आँधीले रोकेको सगरमाथा आरोहण फेरि सुरू भएको छ । ९ दिन आधार शिविरमै रोकिएका आरोही शिखरतर्फ लागेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

आधार शिविरमा रहेका ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज बिहान २ सय ५० आरोही शिखरतर्फ लागेका छन् । आँधि प्रभाव हटेपछि अहिले मौसम खुलेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि सगरमाथा आरोहण प्रभावित भएको थियो ।

आचार्यका अनुसार आधार शिविरबाट बाइनाकुलरले सगरमाथा समिट भै रहेको साथीहरु हेरिरहेको जानकारी प्राप्त भएको छ । उनले भनेकी छन्, “सगरमाथामा मानिसले भने जस्तो भिडभाड छैन ।”

यतिबेला आरोही, भरियालगायत ४ हजार आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा छन् ।

यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भएको थियो । उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । त्यसपछि वैशाख २८ र २९ गते सयौँ आरोही सगरमाथाको शिखरमा पुगेका थिए । यो समयमा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

दुई दिनमा करीब १५० भन्दा बढी आरोहीले सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको अनुमान गरिए पनि कोरोना सङ्क्रमणका कारण यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको छ । आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रम जारी छ ।

Image

May be an image of nature and mountain

No photo description available.

तस्बिरहरूः ज्ञानेन्द्र श्रेष्ठको फेसबुकबाट

GBIME

प्रतिक्रिया दिनुहोस्