Shikhar Insurance

अन्डमान सागरबाट सुरू मनसुनी वायु नेपाल प्रवेश गर्दै, जोखिममा यो वर्षको सगरमाथा आरोहण

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार १३:१२
NIMB
Nabil Bank

काठमाडौं । यो वर्षको सगरमाथा आरोहण थप प्रभावित हुने भएको छ । दुई वर्षपछि खुलेको आरोहण ९ दिनपछि बन्द भएर आइतबार खुलेकामा फेरी जोखिम बढेको हो ।

भारतीय उपमहाद्विपको पुर्वी तटीय क्षेत्रको अण्डमान सागरमा निर्मित न्युन चापिय रेखाले पुनः समुद्री आँधी आउने सम्भावना बढाएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण पश्चिमी मनसुन बोकेको बादल अन्डमान र निकोबार टापु आइपुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यो वायु भारतको आन्ध्र, उडिसा, बंगाल र बिहार हुँदै बुधवार अपरान्हसम्म पुर्वी तराई हुँदै नेपाल छिर्ने देखिन्छ र देशभर झन्डै २४ देखी ३० घण्टा वर्षाको सम्भावना हुने सम्भावना रहेको मौसमविदहरूले जनाएका छन् । यो पटकको वर्षा गत हप्ताको भन्दा बढी हुने बताइएको छ ।

भू-उपग्रहको तस्बिर र मौसमी तथ्यांकको गणितिय गणनाको आधारमा नेपालमा यो आँधि अरब सागरबाट आएको आँधिभन्दा बढी शक्तिशाली हुनेछ ।

मौसमविदका अनुसार मनसुनी वायु पनि चक्र झैं भएर नेपाल प्रवेश गर्नेछ । अरब सागरमा विकास भएको आँधि मुम्बईबाट जमिन प्रवेश गर्दा महाराष्ट्रकै पहाडहरूमा ठोकिएर कमजोर बनेको थियो । र, नेपाल आउँदा आँधिको प्रभाव खासै थिएन । सो आँधिले एक साताभन्दा बढी आरोहण रोकेको थियो ।

तर, अण्डमानबाट आउने मनसुनी वायु पूर्वबाट छिर्नेछ । भारतीय भुभागमा अग्ला पहाड नभएका कारण यो आँधि सीधै चुरे र महाभारतमा ठोकिन्छ । र, सगरमाथा आरोहण जटिल बनाउनेछ ।

अरब सागरबाट आएको भन्दा अण्डमानबाट आएको आँधि कमजोर भएपनि नेपालमा बढी प्रभाव पार्ने देखिन्छ ।

नेपालमा यो मनसुनी आँधिको प्रभाव आगामी बुधबार दिउँसोदेखि शुक्रबार बिहानसम्म पर्नेछ ।

मौसमविदका अनुसार अण्डमानबाट विकास भएको मनसुनी वायुको प्रभाव सबैभन्दा बढी बुधबार साँझ ५ बजेदेखि बिहीबार राति ११ बजेसम्म रहनेछ ।

शुक्रबार नै भारतीय मौसम पूर्वानुमान विभागले यो आँधि जमिन प्रवेश गर्ने चेतावनी दिएको भारतीय सञ्चारमाध्यमहरू द हिन्दु र एनडीटीभीले जनाएका थिए ।

यो आँधिसँगै चार महिने वर्षा सुरू हुने भारतीय मौसम पूर्वानुमान विभागले जनाएको छ । नेपालको जल तथा मौसम पूर्वानुमान विभागले भने हालसम्म केही जानकारी गराएको छैन ।

यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भएको थियो । उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । त्यसपछि वैशाख २८ र २९ गते सयौँ आरोही सगरमाथाको शिखरमा पुगेका थिए । यो समयमा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

आइतबार थप आरोही शीखरतर्फ लागेका छन् ।

आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रम जारी छ ।

सगरमाथा आरोहण मे महिनामा मात्र गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्