Shikhar Insurance

गभर्नरले भनेः ५० हजार रूपैयाँभन्दा कम पैसा झिक्न नदिने बैंक कुन हो ? कारबाही गर्छु

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार १५:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स–सानो रकम झिक्न नपाउने विषय सत्य नभएको बताएका छन् । सामाजिक सञ्जालमा आएको गुनासोमाथि जवाफ दिँदै गभर्नर अधिकारीले यस्तो निर्देशन दिन नहुने र नगरिएको पनि बताए ।

अधिकारीले कुन बैंकको कुन शाखाबाट यस्तो व्यवहार भएको हो, स्पष्ट जानकारी राष्ट्र बैंकको गुनासो पोर्टल वा सामाजिक सञ्जालमै जानकारी गराउन भनेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भनेका छन्, “जानकारी गराइदिए कारवाहीको लागी हामीलाई सहज हुने थियो ।”

जवाफमा गुनासोकर्ताले जेठ ९ गते काटिएको सानिमा बैंकको ६० हजारको चेकको तस्बिर हालेका छन् ।

कोभिड १९ को दोस्रो लहरले बैंकिङ क्षेत्र आक्रान्त बनाएपछि बैंकहरुले ५ प्रकारका सेवामात्र दिने गरेका छन् । जसअनुसार ५० हजार कमको निक्षेप मात्र बैंकले लिँदै आएका छन् । चेक साट्ने विषयमा भने कुनै सीमा तोकिएको छैन ।

कोरोना अवधिभर वाणिज्य बैंकहरुले खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण (चेक–आईपीएस–आरटीजएिस आदि), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारको सेवामात्र दिनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्