Shikhar Insurance

बजेट पनि अध्यादेशबाटै !

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार १७:५९
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत बजेट ल्याउने बताएका छन् । पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओली जेठ १५ गते संविधानले तोकेको मितिमा बजेट ल्याउने र सो बजेट स्वभाविक रुपमा अध्यादेशबाट ल्याउने स्पष्ट पारे ।

उनले देशको भविष्यप्रति जिम्मेवार भएर बजेट ल्याउने बताए । आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनको जिकिर छ । बजेट कोभिड नियन्त्रणमा केन्द्रित हुने प्रधानमन्त्रीको जिकिर छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ओलीले भने, ‘यस वर्ष विकासका साह्रै ठूला आकांक्षा राख्दैनौं । विकास निर्माणलाई महत्व दिएर बजेट आउँछ । र, मुख्यगरी कोरोना महामारीको रोकथाममा केन्द्रित भएर बजेट आउनेछ ।’

ओलीका अनुसार बजेट औपचारिक कार्यक्रममार्फत राष्ट्रपतिले जारी गर्नेछिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्