Shikhar Insurance

सर्वसाधारणलाई राष्ट्र बैंकको कोशेली, बैंकहरूभन्दा बढी ब्याज दिने बचतपत्रमा मंगलबारदेखि आवेदन दिन पाइने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार २२:०१
NIMB
Nabil Bank

काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपमै ७–८ प्रतिशत मात्र ब्याज दिइरहेका बेला नेपाल राष्ट्र बैंकले सर्वसाधारणहरूलाई कोशेली लिएर आएको छ । लगानीको भरपर्दो क्षेत्र नभएका बेला केन्द्रिय बैंकले राष्ट्रऋण उठाउन लागेको हो, जसमा सर्वसाधारणले बैंकहरूमा राख्ने निक्षेपभन्दा बढी ब्याज पाइनेछ ।

बैंकहरूले अहिले सबैभन्दा बढी ब्याज ऋणपत्रमा दिने गरेका छन् । केन्द्रिय बैंकले ४ अर्ब बराबरको नागरिक बचतपत्र ल्याउँदैछ जसमा ऋणपत्रभन्दा बढी पाइन्छ । एक महिनाभित्र जारी भएका ऋणपत्रमा बैंकहरूले ८.५ प्रतिशत ब्याज दिँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकले ४ अर्ब रूपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ भोलिदेखि बिक्री खुला हुँदैछ । यसमा केन्द्रीय बैंकले वार्षिक ९ प्रतिशत ब्याज दिने भएको छ ।

ब्याजको भुक्तानी छ/छ महीनामा हुनेछ । बचतपत्र पाँच वर्षेमा परिपक्व हुनेछ । घटीमा १० हजार रूपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरीद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिन्छ । आगामी जेठ ११ देखि असार १ गतेसम्म विक्री गरिने उक्त बचतपत्रको निष्कासन मिति असार ६ गते तोकिएको छ ।

बचतपत्रको सावाँ २०८३ असार ६ गते भुक्तानी हुनेछ । बचतपत्र खरीद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरीद गर्ने भएमा संरक्षकको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।

बचतपत्रमा आवेदन फारम विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुमा पाइन्छ । साथै राष्ट्र बैंकको वेबसाइटमा गई ‘पब्लिक डेट’मा गई डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेको सो फारम भरेर बैंक तथा वित्तीय संस्थाका शाखा वा राष्ट्र बैंकका प्रदेश कार्यालयमा पनि बुझाउन सकिन्छ ।

बचत पत्र खरिदका लागि रकम बुझाएकै मितिबाट ब्याज रकम गणना हुने केन्द्रिय बैंकले जनाएको छ । स्टक वा प्रमिसरी नोटको रुपमा बचतपत्र स्वीकार हुने राष्ट्र बैंकले जनाएको छ । स्टक वा प्रमिसरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारम भर्दा खुलाउनुपर्नेछ।

नखुलाएको अवस्थामा प्रमिसरी नोट प्रमाणपत्र उपलव्ध गराइने बैंकले जनाएको छ । लेखपढ गर्न नजान्नेलाई स्टक प्रमाणपत्र उपलव्ध गराइने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्