Shikhar Insurance

प्रभु बैंकको ऋणपत्रमा आवेदन खुला, यसकारण गर्ने लगानी ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १०:५९
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख एकाई ऋणपत्र जारी गरेको हो ।

‘प्रभु बैंक डिबेन्चर २०८७’ मा वार्षिक ८.५ प्रतिशत ब्याज पाइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निष्काशन गरेको  ४० लाख मध्ये २४ लाख एकाई बैंकले आफ्नै पहलमा बेच्नेछ । बाँकीमध्ये २५ सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ । बाँकी १६ लाख ७७ हजार ५ सय कित्तामा सर्वसाधारणले आवेदन दिन पाउँछन् ।

ती संख्या डिबेन्चरमा आजदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिन्छ । ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिने बताइएको छ । ऋणपत्रको बिक्री प्रबन्धकको काम मेगा क्यापिटल हो ।

इक्रा नेपालले प्रभु बैंकलाई ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्