भारतका चर्चित दर्जन बैंकिङ घोटाला काण्डः अधिकांशमा कर्मचारीको संलग्नता

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १२:०९

काठमाडौं ।  पञ्जाब नेशनल बैंक घोटाला सार्वजनिक भएको दुई दिन पनि बितेको थिएन, मोदी सरकारले बैंकिङ कसुर सम्बन्धी अचम्मित पार्ने तथ्यांक अघि सारिदियो । कानुन मन्त्री रबिशंकर प्रसादले सन २०१२ देखि २०१६ को बीचमा २२, ७४३ करोड रुपैयाँ बराबरको बैंकिङ घोटाला भएको बताए ।

भारतीय बैंकिङ स्थितिबारे इण्डियन इन्स्टिच्युट अफ मेनेजमेन्ट, बैंकलोरले एउटा अध्ययन तयार गरेको थियो । रबिशंकले सार्वजनिक गरेको तथ्यांक सोही अध्ययनसँग मिल्दो जुल्दो थियो ।

शुक्रबार मन्त्रीले सवाल जवाफमा भाग लिए र सोही रिपोर्टको आधार पुनः पेश गरे ।

भारतका पाँच ठूला बैंकिङ घोटाला काण्ड
रिपोर्टका अनुसार सन २०१७ को पहिलो नौ महिनामा आईसीआईसीआई बैंकमा ४५५, स्टेट बैंक अफ इण्डियामा ४२९, स्ट्यान्डर्ड चाटर्ड बैंकमा २४४ र एचडीएफसी बैंक्मा २३७ वटा बैंकिङ घोटालाका काण्ड समातिएका थिए ।

यी सबै मामला एक लाख वा सो भन्दा ठूला घोटालाका थिए । रिपोर्टका अनुसार अधिकांश घोटालामा कुनै न कुनै रुपले बैंकका कर्मचारी नै सामेल थिए । तथ्यांकका अनुसार स्टेट बैंक अफ इण्डियाका ६० भन्दा बढी, एचडीएफसीका ४९, एक्सिस बैंकका ३५ कर्मचारी त्यस्ता घोटालामा संलग्न देखिएका थिए ।

निरव मोदी काण्डपछि पञ्जाब नेशनल बैंकले पनि ११, ४०० करोड रुपैयाँको घोटालामा आफ्ना २० कर्मचारी निलम्बन गरेको थियो ।

सन २०११ देखि सन २०१७ सम्म भारतमा भएका ठूला बैंकिङ घोटाला काण्ड हेरौं ।
सन २०११
सन २०११ मा केन्द्रिय जाँच एजेन्सी(सीबीआई)का अनुसार केहि बैंकका अधिकृतहरुले १० हजार भन्दा बढी संकास्पद बैंक खाता खोलेका थिए । त्यसमा ऋणको १५०० करोड रुपैयाँ ट्रान्सफर गरिएको थियो । त्यस्ता कर्मचारीहरु बैंक अफ महाराष्ट्र, अ‍ेरियन्टल बैंक अफ कमर्श र आइडीबीआई बैंकका थिए ।

सन २०१४
यो वर्ष मुम्बई पुलिसले बैंकका केहि अधिकारी विरुद्ध मुद्धा दर्ता गर्यो । उनीहरुले ७०० करोड रुपैयाँ निक्षेप घोटाला गरेको आरोप थियो । यहि वर्ष कलकत्ताका उद्योगपति विपिन बोहरामाथि कथित फर्जी दस्तावेजको मदतमा सेन्ट्रल बैंक अफ इण्डियाबाट १४०० करोड ऋण लिएको आरोप लाग्यो । यहि वर्ष सिण्डीकेट बैंकका पूर्व अध्यक्ष तथा प्रबन्ध निर्देशक एसके जैनले घुस लिएर ८००० करोड रुपैयाँ ऋण प्रवाह गरेको आरोप सार्वजनिक भयो । युनियन बैंक अफ इण्डियाले विजय माल्यालाई ‘विलफुल डिफल्टर’ घोषित गर्यो । त्यसपछि एसबीआई र पीएनबीले पनि माल्यालाई खराब ऋणी घोषणा गरे ।

सन २०१५
यो वर्ष विदेशी विनिमयको घोटाला काण्डले चचिर्त रह्यो । यसमा कैयौं बैंकका कर्मचारी र हङकङको एक कम्पनी मुछिए । यो काण्डमा ६००० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा घोटाला गरिएको थियो । चार जना मिलेर सिण्डिकेट बैंकको खाताबाट १००० करोड रुपैयाँ उडाएका थिए । त्यसका लागि ३८० वटा फर्की बैंक खाता खोलिएको थियो । यसमा फर्की चेकबुक, लेटर अफ अण्डरस्ट्याण्डिङ र जीवन बीमा निगमको पोलिसी प्रयोग पनि गरिएको थियो ।

सन २०१७
यस वर्ष विजय माल्याका कारण चर्चामा रह्यो । सीबीआईले बैंकहरुको डुबेको ९५०० करोड रुपैयाँ असुलीका लागि माल्याका विरुद्ध मुद्धा दायर गर्यो । २०१६ मा माल्याले भारत छाडेका थिए । यद्यपी उनी बेलायतमा छन् र भारतले उनलाई स्वदेश फिर्ता ल्याउन कानुनी लडाई जारी राखेको छ । केहि महिनापछि नै ७००० करोड रुपैयाँ घोटालामा मामलामा विनसम डायमण्डका विरुद्ध खबर आएको थियो । यसमा पनि सीबीआईले छ वटा मुद्धा दायर गरेको थियो ।

जतिन मेहताको विनसम डायमण्ड मामला नीरव मोदीको धोखासँग जोडिएको थियो । यसै वर्ष कोलकत्ताका कारोबारी नीलेश पारेखको काण्ड पनि चर्चामा देखियो । सीबीआईले नीलेशलाई मुम्बई एयरपोर्टबाट पक्राउ गर्यो । नीलेश माथि २० वटा बैंकको कम्तिमा पनि २२२३ करोड रुपैयाँ घोटाला गरेको आरोप थियो ।

नीलेशले सो रकम सेल कम्पनीहरु मार्फत हङकङ, सिंगापुर र युएई पुर्याएका थिए ।

यो प्रकरणमा सीबीआईले बैंक अफ महाराष्ट्रका जोनल मेनेजर र सुरतको एक निजी कम्पनीका निर्देशक विरुद्ध मुद्धा हालेको थियो ।

-बीबीसीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्