Shikhar Insurance

‘हामीले गरेका रिफर्महरुको ज्यादै नै अब्जेक्सन हुन्छ, किन ?’

महाप्रसाद अधिकारी
२०८१ जेष्ठ ३०, बुधबार ०८:१७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले बजेटमा इमान्दारीताको प्रयास गरेको छ । अब खोतल्दै जाँदा कतिपय कुराहरु निस्केलान् । तर सबैभन्दा बढी महत्वपूर्ण पक्ष नीजि क्षेत्रलाई कसरी साथमा लिन सकिन्छ ? भन्ने कुरालाई बजेटमा बारम्बार प्रस्ताव गरेको देखिन्छ । नीजि क्षेत्रको अरु धेरै मागहरु रहे पनि महत्वपूर्ण थियो, रिसिभेबल सम्बन्धमा र त्यसलाई ऐन नियम बनाएर एड्रेश गर्ने भन्ने छ । त्यसैगरी, सूचना प्रविधिसँग सम्बन्धित प्रविधि केन्द्र बनाउने, पार्क बनाउने, हब बनाउने भन्ने बिषय पनि बजेटमा महत्वका साथ समावेश गरिएका छन् । गत वर्षमा एकैचोटी झण्डै ७० अर्बको सूचना प्रविधि निर्यात पूरा गर्यौं । यसरीलाई फर्दर क्यास गर्न सकिन्छ भन्ने सोचबाट कैयौँ कुराहरु बजेटमा परेको छ ।

त्यसैगरी, हाम्रो ६० प्रतिशत नागरिक निर्भर रहेको कृषिलाई कसरी अगाडि बढाउन सक्छौँ ? कसरी त्यसलाई प्राथमिकतामा राख्ने ? भन्ने कुराहरु बजेटमा परेको छ । यसरी बजेटको प्राथमिकता र उदेश्यहरु स्पष्ट छन् । मैले बजेटको सन्दर्भमा बुझेको चाँही के हो भने, खर्च गर्ने संयन्त्रमा अलि ख्याल गर्नुपर्नेछ । बेलैमा खर्चको सुरुवात भयो भने जुन टार्गेट ६ प्रतिशतको ग्रोथ बजेटले लिएको छ, त्यो पुरा हुन्छ ।
अहिलेसम्मको इन्डिकेशन अनुसार जे जस्तो मुद्रास्फितिको अवस्था छ, त्यसलाई आधार मान्दा साढे ५ प्रतिशत रोक्न सकिने म देख्छु । बजेटको साइज पनि त्यति ठूलो छैन र आर्थिक वृद्धि तथा मुद्रास्फितिको दर पनि ठूलो होइन् ।

Citizen Life
Kumar Bank

अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमध्ये विगत २ वर्षदेखिको सबैभन्दा बढी चुनौतीपूर्ण क्षेत्र त सार्वजनिक वित्त नै हो । हामीलाई थाहा छ, हाम्रो चालु खर्च नियन्त्रण बाहिर छ । एकदमै फिक्स्ड छ । त्यसलाई जुटाउनु पर्ने स्रोत जुन राजस्व छ, त्यो पनि सिमित छन् । त्यस्मा पनि आर्थिक सिथिलताको समयमा अझै कर(ट्याक्स)का कुराहरु केही संकुचन भईरहेको छ । ब्रोडबेस नभइरहेको अवस्थामा संकुचित छ । त्यसले गर्दा एकदमै च्यालेन्जिङ क्षेत्रमध्ये, हाम्रो मेन क्षेत्र च्यालेन्ज भनौँ न त्यसलाई । अब बाह्य क्षेत्रमा हामी सबल छौँ । बैंकिङ पनि हाम्रो रिपेमेन्ट बाहेक अरु क्षेत्रमा खासै समस्या छैन । बैंकिङ क्षेत्रमा हाम्रो इफेक्टीभनेश स्पष्ट छ ।

हाम्रो मुख्य समस्या भएको क्षेत्र भनेको चाँही यही नै थियो र यो बजेट बनाउन त्यति सजिलो थिएन । नम्बरहरु मिलाउन त्यति सजिलो थिएन, अर्थमन्त्री र उहाँको टीमलाई । लगभग ६१ प्रतिशतको चालु खर्च, १९ प्रतिशतको विकास खर्च, झण्डै २० प्रतिशतको फाइनान्सियल एक्सपेन्सेजमा विनियोजन गरिएको छ । यो कैयौँ सिमाहरुभित्रै बसेर नै बजेट बनेको हो । जस्तो आकांक्षा बजेटले राखेको छ । बजेटले समग्रमा एक खालको हुटहुटी, नीजि क्षेत्रलाईसँग सँगै लिएर जाने हुटहुटी लिएको देखिन्छ । यसमा हामी सबैको भूमिका महत्वपूर्ण हुन्छ । यहाँहरु सबैको सहयोग यो बजेटले आशा गरेको छ । खास गरी नीजि क्षेत्रको ।

जहाँसम्म मौद्रिक नीतिको कुरा छ, बजेट पछाडि आउने कुरामा हामी छलफलमा छौँ । छलफल सुरु गरिसहकका छौँ । हामी यस्तै किसिमले सबै क्षेत्र, सबै स्टेक होल्डरलाई राखेर पनि छलफल गर्छौ । त्यो प्राक्टिसहरु छदैँ छ ।

कैयौँ इन्फरमेशनहरु पनि आएको छ । फेरि मौद्रिक नीतिमा धेरै कुराहरु पनि हुदैन । एडभाईजरी कमिटिले पनि टेक्निकल्ली हामीलाई सजेस्ट गर्नुहुन्छ । तर फाइनान्सियल सेक्टर पोलिसीमा धेरै चासोहरु हामीले देख्छौँ । खास गरी कर्जा, ब्याजहरुमा धेरै चासो देख्छौँ । ब्याजदरको सन्दर्भमा यहाँहरु सबैलाई थाहा छ । विगत १ वर्ष अलिकति सहज स्थिति हुदैँ आइसकेपछि ७९/८० को तेस्रो त्रैमासबाट हामीले अलिकति एकोमोडेटिभभ पोलिसि एडजस्ट गरिसकेका छौँ । र पछिल्लो पोलिसी रेट हेर्ने हो भने साढे ५ प्रतिशतको पोलिसि रेट छ । आरबिआईको पोलिसी रेट भन्दा पनि एक प्रतिशत तल हामी बसेका छौं । उसको धेरै जस्तो कुराहरु हामी हेर्ने गर्छौ । कयौ कुराहरु हेर्नु पनि पर्ने हुन्छ । उसको भन्दा १ प्रतिशत तल हामी बसेका छौँ । त्यसमा कुनै स्पेश आयो, टेक्निकल कमिटिले गर्यो भने त्यसमा पनि हामी थप हेर्नेछौं ।

मेरो गुनासो पनि यहाँ अलिकति सुनाउनुपर्नेछ । मैले डेढ दुई बर्षसम्म धेरै समय गुनासोहरु सुनेँ । मेरो पनि गुनासो राख्ने मौका पाउँनु पर्यो नि । मेरो गुनासो चाँही के हो भने, हाम्रो इन्भेष्टमेन्ट प्रोडक्टिभ भएन, हाम्रो एक्स्पेन्डिचर प्रोडक्टिभ भएन् । अब त्यो प्रोडक्टिभ बनाउनका लागि राष्ट्र बैंकले लिएका नीतिहरु तिनका उदेश्यहरु खास गरी बैंकिङ कर्जा, बैंकिङ रिसोर्सेज, नेशनल रिसोर्सेजलाई सही ठाउँमा सदुपयोग गरियोस् । ठिक प्रयोजनका लागि कर्जाको अभाव हुदैन । त्यो एस्योरेन्स हुनेछ भनेर हामीले गरेका रिफर्म र सुधारहरुमा ज्यादै नै अब्जेक्सन हुन्छ ।

हाम्रा रिफर्महरुमा त्यसरी अब्जेक्सन भईराखेपछि त्यो रिसोर्स कहाँ जाने भयो त ? भन्दा त्यो इन्भेष्टमेन्ट प्रोडक्टिभ त हुने भएन । यो कुरामा चाँही हामी सबैले बुझ्दिनु पर्नेछ । सबैले सहयोग गरिदिनु पर्ने छ ।

मेरो हार्दिक आग्रह छ, यहाँहरु सम्पूर्णमा । राष्ट्र बैंकको तर्फबाट मौद्रिक नीति बनाईराख्दा खेरी एकदमै खुला भएर मौद्रिक नीतिको ड्राफ्टिङ गर्ने नै छौँ । र सँग–सँगै यहाँहरु सबै आ आफ्ना व्यवसाय, विज्नेसमा लागिदिनुस् । बैंकका साथिहरुले धेरै जोखिम लिनुस् म भन्दिन, तर जेन्युइन प्रपोजलहरुलाई राम्रोसँग केलाईदिनुस् । यदि ऊ बैंकयबल कस्टुमर हो भने, नयाँ भए पनि, हिजो फेल भए पनि भोली राम्रो गर्न सक्छ । उसलाई काउन्सिलिङ गर्न सघाई दिनुस् । उसका प्रपोजलहरुलाई अघि बढाईदिनुस् । तपाईहरुको प्रत्येक स्टेपले इकोनोमीलाई चलायमान बनाउन सघाउनेछ । त्यहि भूमिका सबै संघ संस्थाहरुले निर्वाह गर्नुहुनेछ भन्ने मेरो अपेक्षा पनि छ । (इकानोमिक मिडिया सोसाइटी नेपाल(इम्सन)ले आयोजना गरेको पोष्ट बजेटः अ होलिस्टिक डिस्कोर्समा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले व्यक्त गरेको विचारको सम्पादित अंश)

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्