Shikhar Insurance

दयनीय लालबन्दी माछा बजार, बजार व्यवस्थापन गैर जिम्मेवार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १४:३३
NIMB
Nabil Bank

सर्लाही । लालबन्दी नगरपालिका—७ को माछा बजार दिन प्रतिदिन दुर्गन्धित भएको छ । सामान्य पानी पर्दा पनि हिल्लामे हुने र फोहोर व्यवस्थापन समेत उचित तरिकाबाट नहुनुका साथै लालबन्दीको बीचमा हप्तामा दुई दिन लाग्ने बजारको व्यवस्थापन नहुँदा दिन प्रतिदिन दयनीय बन्दै गएको छ ।

माछा बजार नगरपालिका—७ को भित्री बजारमा सोमबार र बिहीबार लाग्ने गर्दछ । बजारको व्यावस्थापन समिति रहेपनि बजारको व्यवस्थापन गर्न चासो नदेखाएका कारण बजारमा किनमेल गर्न जानेहरु पनि हैरान भएका छन् । भाँडाकुँडा, खाद्यान्न तथा कपडाहरु र श्रृङ्गारका सामानहरुको स्थायी सटरहरु बनाइएका भएपनि पशुपंक्षी तथा तरकारी र माछामासुका लागि भने बाहिरै राख्नु पर्ने बाध्यता रहेको र ती सामाग्रीहरुबाट निस्केका फोहोरको व्यावस्थापन गर्न सरोकारवाला निकाय बजार व्यावस्थापन समिति र वडाध्यक्षले चासो नदेखाउँदा आफूहरु दुर्गन्धित बजारमा व्यापार गर्न बाध्य भएको व्यापारीहरुको गुनासो छ । आफूहरुले व्यापार व्यासाय गरेवापत समिति, वडा कार्यलय र विद्यालयलाई कर समेत बुझाइरहेको व्यापारीहरुले बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस क्षेत्रमा लगाइने बजार जनज्योति मावि लालबन्दीको जमीन रहेको र उसले बजार बसाएर कर लिने गरेको छ । सो बजारमा करीब ८०० स्टलहरु रहेका र प्रतिसटरको प्रतिफिट नापेर विद्यालयले कर असुल्ने गरेको छ । सटर नहुने र अस्थायी रुपमा बस्नेहरुका लागि भने समितिले हप्ते कर असुल्ने गरेको छ । यसरी कर तिरेर आफूहरु बसेको भएपनि समिति र विद्यालयले कुनै व्यावस्था नगरिदिँदा वर्षामा घुँडाघुँडा पानी जम्ने गरेको व्यापारीहरुको गुनासो छ ।

तरकारी तथा मासु पसलबाट निस्कने फोहरका साथै बजारभरिको फोहोर समेत जथाभावी रुपमा फालिने गरेकाले दुर्गन्ध बढ्दा बजारमा किनमेल गर्न आएका सेवाग्राहीहरु पनि नाक मुख थुनेर हिड्न बाध्य भएका छन् । आफूले सरोकारवाला निकायहरुको बैठकहरुमा बजार व्यवस्थापनका लागि कुरा उठाउने गरेको भएपनि नगरपालिकालगायत अन्य सरोकारवाला निकायहरुले चासो नदेखाएका उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए ।

बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र योञ्जनले आफूहरुले काम गरिरहेको र अब ढल निकासको काम बाँकी रहेको बताए । योञ्जनका अनुसार ढल निकासाका लागि ७ नं वडा कार्यालयले आवश्यक सहयोग नगरेको कारण समस्या सिर्जना भएको र चाहेर पनि आफूले ढल निकासाको काम गर्न नपाएको बताए । जनज्योति मावि लालबन्दीका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मनिश माझीका अनुसार विद्यालयले करीब ४५० वटा सटर र स्टलबाट प्रतिमहिना ५०० देखि १ हजार ५०० सम्म शुल्क उठाउने गरेको र बार्षिक करीब ७५ लाख रकम सङ्कलन हुने गरेको बताए ।

ढल निकास नहुँदा सो क्षेत्रमा व्यापारीहरु र सामान खरीद गर्न आउने सेवाग्राहीलाई हिउँदामा धुलाम्मे र वर्षामा हिल्लाम्मे हुने गरेका कारण समस्या भएको भएपनि बजार व्यवस्थापन समिति र विद्यालयबीच तालमेल नमिल्दा काम हुन नसकेको बताए ।
त्यसैगरी ७ नंका वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपानेले बजार व्यवस्थापन र सुन्दर बजार बनाउन विभिन्न कामहरु भइरहेको जानकारी दिए । । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्