Shikhar Insurance

बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर किनबेचमा कडाई, एक वर्षसम्म बेच्न नपाइने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १६:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर कारोबारमा कडाई गरेको छ । मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षाबाट अघि सारिएको व्यवस्था अनुसार सर्कुलर जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर किनबेचमा कडाई गरेको हो ।

अब बैंकहरुले एक पटक खरिद गरेको सेयर एक वर्षसम्म बेच्न पाउने छैनन् । अर्थात वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले अल्पकालिन सेयरमा लगानी गर्न पाउने छैनन् । खरिद गरेको सेयर एक वर्षपछि मात्रै बेच्न पाउने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले कोर क्यापिटलको ३० प्रतिशतसम्म सेयर किनबेचमा सहभागी हुन पाउने व्यवस्था थियो । बैंकहरुले सेयर खरिद गरेर एक वर्षपछि त्यस्तो कुल सेयर खरिदको एक प्रतिशत मात्रै बेच्न पाउनेछन् । अब त्यसरी खरिद गरिएको सेयरको पनि एक प्रतिशत मात्रै बेच्न पाउनेछन् ।

सेयर कारोबारबाट नाफा कमाउन बैंकहरुको प्रतिष्पर्धा, कसले कति कमाए ?

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था
सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।

खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । इ.प्रा.नि. नं. १७ को बुँदा नं ५ बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्