Shikhar Insurance

इजी डेन्टलद्वारा एक महिने नि: शुल्क शिविर सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ जेष्ठ ३१, बिहीबार १८:५९
NIMB
Nabil Bank

काठमाडौं । इजी डेन्टलले ‘सेवा नै धर्म हो’ भन्दै एक महिना सम्म नि: शुल्क शिविर सञ्चालन गर्न लागेको छ । इजी डेन्टलले असार १ गतेदेखि ३१ सम्म एक महिने शिविर सञ्चालन गर्न लागेको हो ।

दाँत तथा मुखको उपचार महँगो छ भन्ने कुरा धेरै जनाले गर्दै गर्दा उपचारबाट आर्थिक कारणले बन्चित हुन् नपरोस सबैको लागि सहज होस् सुलभ होस् भन्ने उद्देश्य रहेको इजी डेन्टलले जनाएको छ । इजी डेन्टलले सुभारम्भको अवसरमा शिविर सञ्चालन गर्न लागेको इजी डेन्टलका निर्देशक अजय रेग्मीले बताए ।

Citizen Life
Kumar Bank

शिविरमा निःशुल्क दाँत सफा गर्ने, ११ वर्ष सम्मका बच्चा र ७५ बर्ष माथीका जेष्ठ नागरीकको निःशुल्क दाँत निकाल्ने र मुखको क्यान्सर सम्बन्धि चेक जाँच निःशुल्क गरिने रेग्मीले जानकारी दिए । दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा केही छूट र जरा देखिको उपचार जम्मा मात्र ३ हजार ५०० रुपैयाँमा गर्ने इजी डेन्टलले जनाएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्