Shikhar Insurance

‘टप टेन’ बन्ने बाटोमा अघि बढेको सिटिजन्सले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, चालु आवभित्रै संयुक्त कारोबार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार २१:५०
NIMB
Nabil Bank

काठमाडौं। ३ वर्षमा टप १० बैंक बन्नेलक्ष्यसहित अघि बढेको सिटिजन्स बैंकले इन्टरनेसनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने पक्का भएको छ । प्राप्तिसम्बन्धि अन्तिम सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो ।

बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

ठूलो बैंक बन्ने बाटोमा अघि बढेको बैंकले गत माघमै प्राप्तिका लागि प्रारम्भिक समझदारी गरेको थियो ।

बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि निक्षेप बढेर करिब १ खर्ब ३७ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा प्रवाह १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ।

प्राप्तिपछि बैंकको कुल शाखा १८९ हुने बताइएको छ। प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ भने चुक्ता पुँजी १२ अर्ब ५८ करोड पुग्नेछ ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि चालु आव भित्रै संयुक्त कारोबार सुरू गरिने बताइएको छ ।

बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो ।

सिर्जना फाइनान्सको १०० कित्ता सेयर बराबर नयाँ बन्ने बैंकको ९५ कित्ता हुनेछ ।

प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव-संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्