Shikhar Insurance

चण्डिका भट्टको अक्षमताले जनतालाई सास्ती, बिहानै सरकारी पम्ममा डेढ किलोमिटर लाइन

सिंहदरबार संवाददाता
२०८१ असार ३, सोमबार १०:०१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्ट निगम नेतृत्वमा असफल बन्न थालेका छन् । भट्ट कार्यकारी निर्देशक बनेको केही महिनामै पेट्रोलिमय पदार्थ सर्कुलेसनमा समस्या उत्पन्न भएको हो ।

सोमबार बिहानै नेपाल आर्मी, नेपाल प्रहरी साझा सहकारी र शसस्त्र प्रहरीले संचालन गरेको पम्महरुमा सेवाग्राहीको लामो लाइन लागेको छ । केही सेवाग्राहीहरु बिहान ६ बजेदेखी नै लाइन बसेर तीन घण्टा पालो गरी सवारीमा तेल भरिरहेका छन् ।

Citizen Life
Kumar Bank

इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुले आन्दोलन सुरु गरेपछि बितरणमा समस्या आएकाे  हो । नेपाल आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरु अति आवश्यक सेवा सुविधा विनानै काम गर्न वाध्य रहेको मजदुरहरुले बताएका छन् ।

ट्यांकर चालक मजदुरहरुको समस्या समाधान गर्न यस संघले नेपाल आयल निगम केन्द्रीय कार्यालय, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा पटक-पटक ताकेता गर्दा पनि मागको सम्बोधन नभएको भन्दै आन्दोलनको बाटो रोजेका हुन् ।

लामो समय अगाडी देखिनै पटक-पटक पत्र सहित अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएकोले यस मागलाई सम्बोधन नगरिए नेपाल भरका सबै ट्यांकर मजदुरहरु वाध्य भई आफ्नो काम कारवाही छोडेर आन्दोलन गर्न बाध्य बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

मजदुरहरुले जेठ ३२ गतेदेखि नै आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् । सुरुमा कालो पट्टी बाँधेर विरोध गरेका मजदुरले असार १ गते गाडीमा कालो झण्डा प्रयोग गरी विरोध गरेका थिए । असार २ गतेदेखी भने पूर्ण रुपमा काम छोडेर गाडीको साँचो ट्यांकर धनीलाई हस्तान्तरण गरेका छन् ।

मजदुरहरुको आन्दोलनले सेवाग्राहीलाई भने पेट्रोल पम्पमा लामो लाइन बस्नुपर्ने बाध्यता सृजना भएको छ ।

यस्ता छन् मजदुरका मागहरु

१. सम्पूर्ण ट्यांकर चालक / सहचालक मजदुरहरुको श्रम एन अनुसार नियुक्ती पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलवको व्यवस्था गरिनु पर्ने

२. स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नविकरण खारेज गरिनु पर्ने,

३. टेम्प्रेचरको सहि व्यवस्थापन गरिनु पर्ने

४ सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्ने

५. ५० लिटर भन्दा वढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने

६. चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनु पर्ने

७. चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्वन्धि तालिमको व्यवस्थापन गरिनु पर्ने

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्