Shikhar Insurance

‘एनएमबि बैंक बिग मर्जरमा जाँदैन, बरु रणनीतिक साझेदार भित्र्याउँछ’

पवन गोल्यान
२०७८ जेष्ठ १२, बुधबार १७:२१
NIMB
Nabil Bank

पवन गोल्यान बैंकका अध्यक्षहरुको संघको पनि अध्यक्ष हुन् । एनएमबि बैंकका अध्यक्ष गोल्यान आफूलाई उद्योगी भन्न रुचाउँछन् ।

उनी बैंक र बैंकिङ प्रणालीको सुक्ष्म विषयको ज्ञान राख्छन् । बैंकहरुको नाफा बढ्दै गएपनि सम्पत्तिमा प्रतिफल घट्दै जानुमा उनको चिन्ता छ । यसैलै बैंकमा हात हालिसकेका व्यक्ति यहाँ लगानी थप्न नरुचाउने उनी बताउँछन् । यसैगरी, बैंकिङ क्षेत्रमा गैरबैंकिङ गतिविधिले बैंकको व्यावसायीक दायरा संकुचन आउँदै गएको उनको अनुभव छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तुत छ, उनै गोल्यानसँग सिंहदरबारले गरेको कुराकानीको सारः (सविस्तार भिडियोमा)

– सबैले बैंकको नाफामात्र हेरे, कसरी नाफा गरेको केलाएर हेरेनन् । पारदर्शी व्यवसाय गर्नुको घाटा यही नै हो । हेर्नुस् त, रिटर्न अन इक्विटी घटेर १२ प्रतिशत आइसक्यो । अर्कातर्फ मर्ज भइरहेको छ ।
– उद्योग व्यवसायको आरआईई बढिरहँदा बैंकको भने घटिरहेको छ । त्यसैले नयाँ लगानी बैंकमा गर्दिनँ । जसको बैंकमा सेयर छैन, उसलाई बैंकबतर्फ आकर्षण होला । तर, बैंकभन्दा राम्रो अरु क्षेत्र छ ।
– सिमेन्ट, जलविद्युतमा लागनी गर्नेले अरुभन्दा बढी कमाए ।
– गएको त्रैमासमा बैंकले कमाएको पुरानो सेयर बेचेर हो । आउने त्रैमासमा त्यस्तो कमाइ हुँदैन ।

‘बिग मर्जर’का लागि दुई जना सिईओ र सञ्चालक समितिमा उपाध्यक्षको व्यवस्था गर्नुपर्छ

– बैंकहरुलाई दिइएको रिल्याक्सेसन बैंकिङ नर्मविरुद्ध छ । बैंकहरुलाई अनावश्यक भार बोकाइएको छ ।
– कोभिडको भार पनि यही बैंकलाई थोपरियो । कर्जाको ब्याजबाट ब्याज लिन नपाउने तर निक्षेपमा चै ब्याजको पनि ब्याज लिन पाउने व्यवस्था गरियो ।
– सहुलितपूर्ण कर्जा दिन ख र ग वर्गका बैंकलाई मोबिलाइज गरिनुपर्छ ।

– शाखा प्रमुख दबावमा आएर सहुलियत कर्जा प्रदान गर्दा बैंक डुब्नै लागिसके, लोन ट्रान्स्फरको व्यवस्था गरिनुपर्छ ।
– सरकारले राजस्व बढी उठाउने लोभमा करको दर बढाइरहेको छ ।

‘भारतमा किसानका कुराले सरकार ढल्छ, यहाँ आत्महत्या गरेपनि समाचार बन्दैन’

– बिग मर्जरमा जानु ठूलो लागत पर्न जान्छ । एउटा प्रमुख कार्यकारी अधिकृतको जागिर जान्छ । एउटा अध्यक्ष हट्छ । समानान्तर काम गर्न बाटो खोल्नुपर्छ ।
– बजेटले बिग मर्जरमा जाने बैंकलाई २ वर्ष आयकरमा १० प्रतिशत छुट दिनुपर्छ ।
– बिग मर्जरमा जाँदा मानव संशाधन व्यवस्थामा बढी खर्च हुन्छ । उदाहरणका लागि क्लिन इनर्जी विकास बैंक प्राप्ति गर्दा त्यहाँका कर्मचारीले एनएमबि बैंकको भन्दा बढी तलब खान्थे । उहाँहरुको तलब घटाउन मिलेन, त्यसैले एनएमबिका कर्मचारीको तलब बढायौं ।

दसैंअघि नै रिलायन्स स्पिनिङ मिल्सको सेयर किन्न तयार रहनुस्…

– सामाजिक सुरक्षा कोषमा अब बैंकहरु जानैपर्छ । कोषको व्यवस्था धेरै परिस्कृत भएर आइसक्यो ।
– एनएमबि मर्जमा जान सम्भव छैन । बरु, रणनीतिक साझेदार थप्नुपरे थपौंला । बिग मर्जर हुँदैन ।
– राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सौताको रुपमा हेरेको महसुस हुन्छ । किनकी बैंकलाई कसेर विद्युतीय भुक्तानी खुला गरिएको छ । स–सानो भुक्तानी ठीकै छ, सबै भुक्तानी विद्यूतीय माध्यमबाट गर्न थाले बैंकको आवश्यकता हुँदैन ।

‘व्यापारबाट पैसा चाँडै कमाइन्छ, सजिलै कमाएको पैसाको मूल्य हुन्न, त्यसैले उद्योगी भएँ’

– बैंकलाई सेटलमेन्ट एजेन्सी नराख्ने हो भने विद्युतीय कारोबार र क्रिप्टोकरेन्सीमा के फरक भयो ?
– बैंकहरुलाई विद्युती भुक्तानी सञ्चालकको लाइसेन्स दिनुपर्छ । नत्र भिसा, मास्टर कार्डको नाममा जसरी नेपाली पैसा विदेशिन्छ ।
– आम नेपाली नागरिकको तथ्यांक बैंकिङ क्षेत्रभन्दा बाहिर जानुहुँदैन । पैसाको कारोबार बैंकभन्दा अरुलाई दिनुहुँदैन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्