Shikhar Insurance

ओली विरुद्ध १५ स्थायी कमिटी सदस्यको एकै स्वर, योगेश र गोकर्ण पनि फर्किए

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १२, बुधबार १७:४३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) खनाल नेपाल समुहका १५ जना स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी ओलीका कदमहरु विरुद्ध संघर्षमा उत्रिन संयुक्त अपिल जारी गरेका छन् । संबिधान, संघीय लोकतान्त्रिक गणतन्त्र र कम्युनिष्ट आन्दोलन मास्ने अभियानमा ओली र उनको समुह लागेकाले यी उपलब्धीहरुको रक्षाका लागि आन्दोलनमा होमिन उनीहरुले नेता कार्यकर्ता तथा आम नागरिकहरुलाई आव्हान गरेका हुन् ।

स्थायी कमिटीका १५ जना सदस्यहरुको तर्फबाट बरिष्ठ नेता माधव कुमार नेपालले अपिलमा हस्ताक्षर गरेका छन् । अपिलमा खनाल नेपाल समुह छाडेको भन्ने प्रचार गरिएका सचिवद्धय योगेश भट्टराई र गोकर्ण विष्टको पनि नाम समावेश गरिएको छ । अपिलमा बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्षयहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भिम रावल, उप महासचिव घनश्याम भुषाल, सचिवहरु भिम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराईको नाम छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, स्थायी कमिटी सदस्यहरु क्रमशः सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुषाल, अमृत कुमार बोहरा र प्रमेश हमालको नाम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्