Shikhar Insurance

कोभिड–१९ को संक्रमण दर घट्यो, मृत्यु दर घटेन

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १३, बिहीबार ०८:०२
NIMB
Nabil Bank

एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ को संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ४ हजार १५७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ ।

भारतमा हाल कोभिड–१९ का २४ लाख ९५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ९१ हजार व्यक्ति कोभिबाट संक्रमणमुक्त भएका छन् । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ९५५ जना संक्रमणमुक्त भएसँगै भारतमा हालसम्म कूल २ करोड ४३ लाख ५० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा कोभिड–१९ बाट संक्रमणमुक्त दरमा सुधार भएर ८९।६६ प्रतिशत पुगेको छ । देशभर कोभिड–१९ बाट हालसम्म संक्रमित हुनेको कूल संख्या २ करोड ७१ लाख ५७ हजार रहेको छ ।

साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार २२ करोड १७ लाख नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ । । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्