Shikhar Insurance

राष्ट्र बैंकको नीतिले लघुवित्तका सेयर सस्तिए, हिजोभन्दा १०० रूपैयाँ कममा पाउन थालेपछि किन्न चाहने बढे

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १३, बिहीबार १२:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले लघुवित्तको सेयरमा आकर्षण ह्वात्तै घटेको छ । बजारमा लघुवित्तको सेयर खरिद गर्न चाहनेभन्दा बेच्नेको संख्या बढी भएपछि ती कम्पनीहरूको सेयर मूल्यमा एकैदिन सय रूपैयाँभन्दा बढीको अन्तर आएको हो ।

बिहीबार दिनको १ घन्टाभन्दा बढीको कारोबार अवधि बित्दा अधिकांश लघुवित्तको सेयर मुल्य हिजोभन्दा १०० रूपैयाँभन्दा कम भइसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकका तीन निर्देशनः सेयर बजारमा के प्रभाव पर्ला ?

कसको कतिले घट्यो ?

नेप्सेका अनुसार सस्तोमा पाउन थालेपछि लगानीकर्ता कम मूल्यमा किन्न इच्छुक देखिन थालेका छन् ।

१२ बजेर १५ मिनेत बित्दा मिथिला लघुवित्तका १८ हजार भन्दा बढी कित्ता सेयर खरिद माग छ । यस्तै लगानीकर्ता ३ हजार कित्ता सेयर बेच्न चाहन्छन् ।

फर्वार्ड माइक्रोफाइनान्सको पनि बेच्नेभन्दा किन्नेको संख्या ४ गुणा बढी छ ।

साधना पनि सस्तोमा पाउने भएपछि ३ गुणा बढी किन्ने देखिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्