Shikhar Insurance

पूर्व अर्थमन्त्रीहरूको एकस्वरः कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन कसरी मिल्छ ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १३, बिहीबार १४:४३
NIMB
Nabil Bank

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले सरकारले पूर्ण बजेट ल्याउन नहुने सुझाव दिएका छन् । पूर्व अर्थमन्त्रीहरूको समूह पूर्व अर्थमन्त्री मञ्चले विज्ञप्ति जारी गरी हाल बहुमतको सरकार नभई कामचलाउ सरकार रहेको र संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने दावी गरेका हुन् ।

उनीहरुले अन्तरिम बजेट ल्याएर काम चलाउन सुझाव दिएका छन् । मञ्चको बैठकले आगामी आर्थिक वर्षको बजेट कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा केन्द्रित हुनुपर्ने निर्णय गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

मञ्चमा पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुन छन् । सरकारले अध्यादेशबाट ल्याउन लागेको पूर्ण बजेटप्रति उनीहरूको विरोध छ ।

बजेटले कोरोनाविरुद्धको खोपको उपलब्धतालाई पहिलो प्राथमिकता दिनुपर्ने उनीहरूले बताएका छन् । स्वास्थ्य पूर्वाधार निर्माण, स्वास्थ्य सामग्रीको उपलब्धता एवं स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुविधालाई बजेटले विशेष ध्यान दिनुपर्ने सुझाव मञ्चले दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्