Shikhar Insurance

वातारण संरक्षणका सवालमा सरकारसँग सहकार्य गर्न सदैव तत्पर : संघ

सिंहदरबार संवाददाता
२०८१ असार ६, बिहीबार १८:५०
NIMB
Nabil Bank

काठमाडौं । सगरमाथा आरोही संघले नेपाल सरकारसँग वातारण संरक्षणका सवालमा साझेदारी एवं सहकार्य गर्न सदैव तत्पर रहेको बताएको छ । संघले बिहिबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो ।

सगरमाथा आधार शिविर भन्दा माथिको अनियन्त्रित हेलिकप्टर उडानमा सरकारले प्रभावकारी अनुगनम गरिनुपर्ने र हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नागरिक उड्डयन प्राधिकरणको अनुगमन बढाउनु पर्ने संघले जनाएको छ । संघले सगरमाथा आधार शिविर भन्दा माथिका मानवीय विकार (दिसा) लाई थैलो मार्फत आफूसँगै आधार शिविंरमा फर्काएर ल्याउँनु पर्ने व्यवस्था भएकोमा थैलोको प्रयोग गरिएको तर ती थैलोहरु आधार शिविरभन्दा माथि यत्रतत्र छोडिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

Citizen Life
Kumar Bank

संले विज्ञप्तीमार्फत भनेको छ, ‘हिमाल आरोहणलाई व्यवस्थित गर्न, कडाई गर्न आवश्यक देखिन्छ । जसका कारण मानवीय दुर्घटना भएको ज्वलन्त उदाहरण यस वर्ष आरोहणका क्रममा भएको मृत्युलाई लिन सकिन्छ । आगामी दिनमा ८ हजार मिटरको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा आरोहण अनुमति दिने व्यवस्था गरिनुपर्ने देखिन्छ ।’

सगरमाथा दोश्रो आधार शिविरमा प्रति आरोही न्यूनतम ८ केजी र सो भन्दा माथि थप ८ केजी फोहोर जम्मा हुने अनुसन्धानबाट देखिएको र ती फोहोर आरोहणमा संलग्न व्यक्तिहरुले आधार शिविरमा ल्याए नल्याएको अनुगमन गरिनुपर्ने संघले माग गरेको छ । झुटो उद्धारलाई निरुत्साहित गर्न उद्धारमा प्रयोग भएका हेलिकप्टरको आवश्यक विल तथा भरपाई नेपाल सरकार तथा सरोकार निकायले निरीक्षण गर्ने व्यवस्था गरिनुपर्नेमा संघले जोड दिएको छ ।

साथै, हिमाली क्षेत्रको वातावरण संरक्षणका लागि सरोकारवाला संघ संस्थाहरुको आवश्यक पहल कदमी हुनुपर्ने र नेपाल सरकारका तर्फबाट सरोकारवाला संस्थाले तोकिएको कार्यलाई कडाईका साथ पालना गराउनु पर्ने संघले जानकारी दिएको छ । सगरमाथा लगायत हिमाली क्षेत्रलाई संरक्षण गर्न दह्नो कानूनको खाँचो रहेको कुरालाई विगत २० वर्षदेखि आवाज उठाउँदै आएको तर सरकारबाट पूर्ण रुपमा कार्यान्वयन नभएको संघले विज्ञप्ति मार्फत जनाएको छ । यस वर्ष संघका तर्फबाट संस्थापक महासचिव एवं प्रथम उपाध्यक्ष दिवस पोखेलले सगरमाथा आधार शिविर र सो भन्दा माथिको पहलकदमीलाई सुक्ष्मढंगबाट अवलोकन गरे ।

सगरमाथा आरोही संघले जलवायू परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी विगत कयौं वर्षदेखि संघले सरकार र अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई संरक्षणका लागि ध्यानाकर्षण गराउँदै आइरहेको छ । सन् २००६ देखि संघले सगरमाथा संरक्षणका लागि सफाई तथा अभियान संचालन गरेको स्मरण योग्य रहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्