Shikhar Insurance

कोरोना संकटमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई माधव नेपालको अपिल

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १३, बिहीबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले कोरोना संकटमा नेपाललाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । बरिष्ठ नेता नेपालले कोरोनाको तेश्रो लहरले पुर्याउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोप, स्वास्थ्य सामग्री तथा पूर्वाधारहरुको निर्माणमा आवश्यक सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

सरकारले पर्याप्त पुर्व तयारी नगरेकाले नेपालमा कोरोना संक्रमणले धेरै क्षति गरेको बताउँदै उनले भनेका छन्–‘लकडाउनका कारण गरिब तथा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु र श्रमिक वर्ग प्रताडित हुने हुँदा उनीहरुलाई केन्द्रित गरेर आवश्यक सहयोग र राहत प्याकेज ल्याउन माग गर्दछु ।’

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना महामारीको रोकथाम तथा बिरामीको उपचारमा दिनरात नभनी लाग्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वयंसेवक एवं परोपकारीहरु लगायत सम्पूर्णप्रति हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछु । विपद्को यस घडिमा खोप, अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउने मित्रराष्ट्रहरू, सहयोगी संघ संस्था तथा महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

कमजोर पूर्वतयारी एवं अन्तरार्ष्ट्रिय जगतसँग समयमै प्रभावकारी समन्वय नभएका कारण कोरोना माहामारीले भयावह रुप लिएको र आवश्यक मात्रामा भ्याक्सिन समेत आयात हुन सकेको छैन ।अहिले आम मानिस भ्याक्सिनको पर्खाइमा रहेके अवस्था छ। तसर्थ तत्काल आवश्यक परिमाणमा भ्याक्सिनको प्रबन्ध गर्न सरकार एवम् सम्बन्धित निकायसॅग जोडदार माग गर्दछु ।

कोरोनाका लागि विदेशबाट आउने सहायता, स्वास्थ्य सामग्रीमा सेवाशुल्क, कर लगायतका शुल्क मिनाह गरी आश्यक सहजीकरण गर्न ध्यानाकर्षण गराउॅछु। साथै यो मानवीय संकटको अवस्थामा म राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय समुदायसमक्ष सहयोगका लागि हार्दिक अपील गर्दछु ।

विशेष गरेर गाम्रीण क्षेत्रमा कोरोना परीक्षण अभावमा संक्रमण तीव्र बनेको छ । त्यसैले कोरोना नियन्त्रणका लागि कन्ट्राक ट्रेसिङलाई तीव्रता दिन र देशभर निशुल्क पीसीआर परीक्षणको व्यवस्था सम्बन्धित निकायहरूको समन्वय जरूरी छ। होम आइसोलेसनलाई शहर र गाउँ दुवैमा व्यवस्थित बनाउन जरूरी छ । गाउँगाउँमा घरको छुट्टै कोठा अभाव र आइसोलेसनमा रहँदा ध्यान दिनुपर्ने पक्षहरुबारेको सूचना अभाव हुँदा घरपरिवारका अन्य सदस्यहरलाई संक्रमण जोखिम रहेको हुँदा संस्थागत तवरमा आइसोलेसन केन्द्रहरु बनाउन आह्वान गर्दछु ।

कोरोनाको तेस्रो लहर छिट्टै आउन सक्ने र त्यसले खोप नलगाएका मानिसहरु र बालबालिकालाई बढी जोखिममा पार्ने भन्दै विज्ञहरुले अहिले नै तयारी थाल्न जोड दिएका छन् । यसतर्फ सरकार सहित सम्बन्धित निकायको गम्भीर ध्यनाकर्षण गराउॅछु । यसैगरी लकडाउनका कारण गरिब तथा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु र श्रमिक वर्ग प्रताडित हुने हुँदा उनीहरुलाई केन्द्रित गरेर आवश्यक सहयोग र राहत प्याकेज ल्याउन माग गर्दछु ।

आजको दिनसम्म आइपुग्दा माहामारीका कारण हजारौंको निधन भएको छ भने लाखौं संक्रमित हुनुभएको छ । माहामारिका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । सम्पूर्ण संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना सहित उपचारमा कुनै कमी हुन नदिन नेपाल सरकार सहित सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराउॅछु । साथै संक्रमणलाई थप फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।
२०७८ जेठ १३ गते

GBIME

प्रतिक्रिया दिनुहोस्