Shikhar Insurance

कारोबार रकममा नयाँ किर्तिमान, लघुवित्तमा आकर्षण घट्दा दुई दर्जन हाइड्रो सर्किट लेभलमा कारोबार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १३, बिहीबार १५:३२
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.२ अंकले घटेर २८१५.४ अंकमा आएको हो ।

नेप्से परिसूचक घटेपनि कारोबार रकमले भने नयाँ इतिहास रचेको छ । आज इतिहासकै सबैभन्दा बढी १४ अर्ब ७६ करोड रूपैयाँको सेयर किनबेच भए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से सामान्य अंकले घटेको दिन ९० कम्पनीको मूल्य बढ्दा ८५ कम्पनीका लगानीकर्तको सम्पत्तिमा गिरावट आयो । सेयर मूल्य घट्ने अधिकांश लघुवित्त कम्पनी हुन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई लघुवित्तको सेयर किन्न कडाइ गरेपछि लघुवित्तमा आकर्षण घटेको हो ।

नेप्से घटेपनि २ दर्जन हाइड्रोपावर कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्