Shikhar Insurance

नयाँ बजेटः कर्मचारीको तलब र वृद्ध भत्ता बढ्ने, कति पुग्ला ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १३, बिहीबार १९:३९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट जेठ १५ गते सार्वजनिक गर्दैछ । अध्यादेशबाट ल्याउन लागिएको बजेट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सार्वजनिक हुनेछ । पूर्व अर्थमन्त्रीहरु, योजना आयोगका उपाध्यक्षहरुले काम चलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताईरहेका छन् । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरुले पनि निर्वाचनको मिति घोषणा गरिएकाले त्यसलाई प्रभावित गर्ने बजेट ल्याउन नमिल्ने बताएका छन् ।

तर सरकारले भने पपुलिष्ट बजेट ल्याउन लागेको छ । यसपाली कर्मचारीहरुको तलब र वृद्ध भक्ता दुबै बढेनछ । सरकारले प्रत्येक दुई वर्षमा कर्मचारीको तलब बढाउने गरेको छ । यसपाली नियमित तलब बढाउने समय पनि हो । सरकारले गत वर्ष नै तलब बढाउनुपर्ने थियो । कोरोना संकटका कारण सरकारले गत वर्ष तलब वृद्धि गरिएको थिएन् । यसपाली सरकारले संसद बिघटन गरेर निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा गरिएकाले कर्मचारीहरुलाई आकर्षित गर्नका लागि सरकारले तलब बढाउन लागेको हो । यसपाली १५ देखि १८ प्रतिशत तलब बढाउन लागिएको श्रोतले बतायो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, गत वर्ष वृद्ध भत्ता पनि बढाईएको थिएन् । यसपाली भने निर्वाचन आएकाले त्यसलाई प्रभावित पार्न पनि सरकारले कर्मचारीको तलब बढाउन लागिएको छ । तत्कालिन नेकपाले संयुक्त चुनावी घोषणा पत्रमा पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुर्याउने उल्लेख गरेको थियो । हाल वृद्ध भत्ता मासिक ३ हजार रुपैयाँ छ । निर्वाचनको मिति घोषणा गरिएकाले पनि वृद्ध भत्ता बढाउनै पर्ने बाध्यतामा सरकार छ । पाँचै हजार नपुर्याए पनि एक हजार वृद्धि गरेर मासिक ४ हजार पुर्याउने योजनामा सरकार छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्