Shikhar Insurance

निषेधाज्ञा झनै कडाः नटेर्नेलाई एक लाख रुपैयाँ जरिवाना

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार १०:३६
NIMB
Nabil Bank

काठमाडौं । उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि लगाईको निषेधाज्ञा आजबाट झनै कडा पारिएको छ । कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ लागु भएपछि एक हप्ता पुनः थपिएको निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम हुनेछ । यो निषेधाज्ञामा भने अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीलाई शक्तिशाली बनाईएको छ ।

सिडियोलाई कसैले निषधाज्ञा उल्लंघन गरेको लागेमा एक लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने अधिकार छ । त्यस्तै, कुनै संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकारी दिईएको छ । सडकमा मास्क नलगाई हिडेमा एक सय रुपैयाँ जरिवाना हुनेछ भने भने पटकै पिच्छे थप एक सय बढी जरिवाना असुलिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहानैदेखि सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ । निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिँदै माइकिङ पनि गरिरहेका छन् ।

के खोल्ने के नखोल्ने ?
बैंक, बीमा तथा अन्य अन्यावश्यक सेवा सञ्चालन गर्ने संस्थाका कर्मचारीहरुलाई बिहान ९ः३० देखि १०ः३० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म मात्रै आवत जावत गर्न पाउनेछन् ।

बाणिज्य बैंकहरुले केन्द्रिय कार्यालयसहित ३ वटा शाखा खोल्न पाउँछन् भने विकास बैंकहरुले केन्द्रिय कार्यालयसहित २ वटा शाखा र वित्त कम्पनीहरुले केन्द्रिय कार्यालयसहित एक शाखा मात्रै खोल्न पाउँछन् । बीमा कम्पनीहरुको भने कर्पाेरेट कार्यालय मात्रै खोल्न पाइनेछ र त्यसमा पनि २० प्रतिशत कर्मचारी मात्रै खटाउन पाइन्छ ।

किराना पसल, डिमापर्टमेन्टल स्टोरहरु पूर्णतः बन्द हुनेछन् भने तरकार, दुग्ध, फलफुलका पसलहरु बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्