Shikhar Insurance

भेरी अञ्चल अस्पतालमा डाक्टर/नर्स कुट्ने ओलीका प्रदेश कमिटी सदस्य

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार १३:२३
NIMB
Nabil Bank

काठमाडौं । भेरी अञ्चल अस्पतालमा कोरोना संक्तमितको उपचारमा खटिएका डाक्टर र नर्सहरुमाथी कुटपीट गर्ने ओली एमालेका कार्यकर्ता रहेको पुष्टि भएको छ ।
ओली एमालेका प्रदेश कमिटी सदस्य मान बहादुर रावतले डाक्टर, नर्सहरुमाथी कुटपिट गरेका हुन् । रावतसहित अन्य २ जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।

रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। उपचारमा लापरवाही गरेको भन्दै रावतसहितको टोलीले डाक्टर र नर्सहरुमाथि कुटपिट गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरूको कुुटपिटबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठ घाइते भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्