Shikhar Insurance

‘आयल निगम’ सबैभन्दा बढी नाफा गर्ने संस्थान, कृषि विकास बैंक टप ५ मा (कसको कति ?)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार १४:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगम सबैभन्दा बढी नाफा गर्ने संस्थान बनेको छ । गत आर्थिक वर्ष निगमले १२ अर्ब ९१ करोड ४८ लाख रूपैयाँ खुद नाफा गरेको हो ।

यो नाफा दोस्रोमा रहेको नेपाल विद्युत प्राधिकरणभन्दा करिब २ अर्ब रूपैयाँ बढी हो । प्राधिकरणले ११ अर्ब ३ करोड रूपैयाँ नाफा गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बढी नाफा गर्ने संस्थानको सूचीमा तेस्रोमा नेपाल टेलिकम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा कृषि विकास बैंक छ ।

शीर्षमा रहेको निगमको नाफा अघिल्लो आवको भन्दा ४ अर्ब रूपैयाँभन्दा बढी हो ।

 

कसको कति ?

नेपाल आयल निगमः १२ अर्ब ९१ करोड ४८ लाख रूपैयाँ

नेपाल विद्युत प्राधिकरणः ११ अर्ब ३ करोड ८५ लाख रूपैयाँ

नेपाल टेलिकमः ९ अर्ब ७४ करोड ९० लाख रूपैयाँ

राष्ट्रिय वाणिज्य बैंकः ४ अर्ब ३७ करो८ ७३ लाख रूपैयाँ

कृषि विकास बैंकः ३ अर्ब ३३ करोड  १८ लाख रूपैयाँ

GBIME

प्रतिक्रिया दिनुहोस्