Shikhar Insurance

‘गणतन्त्रका महानायक गिरिजा, माधव र प्रचण्ड हुन्, ओली त बिरोधमा थिए’

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १२:४२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले गणतन्त्र नेपालका महानायकहरु गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र प्रचण्ड भएको बताएका छन् । गणतन्त्र दिवसको शुभकामना दिँदै उपाध्यक्ष गौतमले तत्कालिन एमालेको केन्द्रिय कमिटीको बैठकमा गाण्तन्त्रमा जाने सम्बन्धी लिखित प्रस्ताव आफुले राखेको र केपी ओली त्यसको विपक्षमा उभिएको समेत बताएका छन् ।

गणतन्त्र दिवस जिन्दावाद
आज १४औं गणतन्त्र दिवस हो। यस अवसरमा सबै शहीद र अग्रज नेताहरुलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वकअगाडि बढ्न आह्वान गर्दछु।
नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि सं २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला , नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल ९प्रचण्ड० हुनुहुन्थ्यो। उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।
बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो।त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।
वामदेव गौतम
उपाध्यक्ष, नेकपा (एमाले)
संयोजक
पार्टी एकता राष्ट्रीय अभियान
१५ जेठ २०७८ गणतन्त्र दिवस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्