Shikhar Insurance

तीन वर्षभित्र याङग्री र लार्केको ३४ करोड लिटर पानी काठमाडौंमा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदिको पानी काठमाडौं बासीका धारामा ल्याउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदिको ३४ करोड लिटर पानी दैनिक काठमाडौं आउने गरि कार्यक्रम तय गरिएको बताएका हुन् ।

त्यसका लागि ३ अर्ब ५१ करोड रुपैयाँ बजेट पनि विनियोजन गरिएको छ । सो आयोजनाको सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षभित्रै आरम्भ गरिनेछ ।
त्यस्तै, सरकारले उपत्यकाको एक लाख १० हजार घर धुरीमा मेलम्चीको पानी वितरण गर्ने योजना पनि बजेटमा समावेश गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्