Shikhar Insurance

भारु ५ सयको नोट नेपालमा चलाउने तयारी भइरहेको छ : गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८१ असार २५, मंगलवार १८:०७
NIMB
Nabil Bank

काठमाडौं । भारु ५ सयको नोट नेपालमा चलाउने तयारी भइरहेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । गभर्नर अधिकारीले मौद्रिक निति मार्फत ठूला दरको नोट सञ्चालन गर्ने बताएका हुन् । उद्योग वाणिज्य महासंघले मगंलबार गरेको मौद्रिक निति सम्बन्धि आयोजना गरेको छलफल कार्यक्रममा सो कुरा बताएका हुन् ।

अहिले नेपालमा १०० को भारु नोट मात्रै चल्ने गरेको छ । भारतले नोटबन्दी गरेपछि नेपालमा रहेको नोट भारतले साटन मानेको छैन । सोही कारण नेपालले भारतिय ५ सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएको छ । भारतबाट नेपाल घुम्न आउने पर्यटकको सुविधाका लागि राष्ट्र बैंकले ५ सयको नोट संचालन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank

गभर्नर अधिकारीले तेस्रो मुलुकमा पनि क्युआर कोडबाट भुक्तानी दिन मिल्नेगरी काम भैरहेको बताए । गर्भनर अधिकारीले भने,‘क्युआर बाट ५० औं करोड भुक्तानी भइरहेको छ । तेश्रो मुलुकमा पनि त्यसरी नै क्युआर बाट भुक्तानी दिने गरि काम अगाडी बढेको छ । चीनको अलि पे, लंका-पेसंग पनि काम भइरहेको छ ।’

गभर्नर अधिकारीले सबैको सुझाव समेटेर नै आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने दावी गर्दै मौद्रिक नीतिको तयारीको अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले साना ऋणीलाई चालु पुँजी कर्जा मार्गदर्शन नलाग्ने बताउँदै भने, ‘चालु पुँजी कर्जा मार्गदर्शन १ करोडभन्दा तलको कर्जामा लाग्दैन । यो व्यवस्था साना ऋणीलाई लागू हुँदैन । साना उद्योगमा पनि ३ करोडको सीमा रहेको छ ।’

यस्तै, उनले आन्तरिक कच्चा पदार्थ प्रयोग गर्ने साना व्यवसायीलाई बैंक आधारदरमा दुई प्रतिशत मात्रै प्रिमियम लिने गरेको बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्