Shikhar Insurance

अहिले बैंकिङ पनि समस्यामा छ, आरओई ९ प्रतिशतमा झरिसक्योः अध्यक्ष केसी

सिंहदरबार संवाददाता
२०८१ असार २५, मंगलवार १९:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले नेपालको बैंकिङ पनि समस्यामा रहेको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा बाणिज्य बैंकका सीईओहरुको छाता संस्था बैंकर्स संघका अध्यक्ष केसीले नेपालका बैंकहरु पनि अहिले निकै समस्यामा रहेको बताएका हुन् ।

‘अहिले नेपालको बैंकिङ क्षेत्र पनि समस्यामै छ, बैंकहरुको रिटर्न अन इक्वीटी ९ प्रतिशतमा झरिसक्यो ।’ एनएमबि बैंकका सीईओ समेत रहेका अध्यक्ष केसीले भने ।

Citizen Life
Kumar Bank

‘निजी क्षेत्रमा समस्या आएकाले बैंकहरुमा पनि समस्या आएको हो, तपाई व्यवसायीहरुको व्यवसाय राम्रो भएको दिन बैंकहरुमा पनि राम्रो हुनेछ’, अध्यक्ष केसीले भने ।
उनले बैंकहरुको खराब कर्जा बढेको, एनपीए बढेकाले पनि बैंकहरुले केहि असहजता महशुस गरेको बताए ।

आगामी मौद्रिक नीतिबाट बैंक र व्यवसायीहरु दुबैले राहत पाउने अपेक्षा पनि उनले व्यक्त गरे । अहिले ब्याजदर घटिरहेको र लगानी योग्य पुँजी अधिक मात्रामा उपलब्ध रहेकाले व्यवसायीहरुलाई त्यसको लाभ उठाउन अनुरोध पनि गरे ।

अध्यक्ष केसीले व्यवसायीहरुले आफु अनुकुलका मात्रै मागहरु राख्न भने नहुनेमा जोड दिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्