Shikhar Insurance

रिलायान्स स्पिनिङको आइपीओ तत्कालको लागि स्थगित, बिक्री प्रबन्धकलाई पत्र लेख्दै बोर्ड

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १३:२२
NIMB
Nabil Bank

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमटेडको आइपीओ निष्काशन स्थगित भएको छ । धितोपत्र बोर्डले अर्को सूचना जारी नहुन्जेलसम्मको लागि आइपीओ निष्काशन प्रकृया स्थगित गरेको हो । बोर्ड स्रोतका अनुसार सार्वजनिक लेखा समितिले बोर्डलाई मंगलबार पत्राचार गरेसँगै प्रकृया स्थगित भएको हो ।

स्रोतले सिंहदरबारसँग भन्यो, ‘संसदको सार्वजनिक लेखा समितिले बोर्डलाई पत्राचार गरेसँगै अहिलेलाई प्रकृया स्थगित गर्न बिक्री प्रबन्धकलाई पत्राचार गरेका छौं ।’ कम्पनीले असार २७ गतेबाट १ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको थियो । कम्पनीले पहिलो चरणमा बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ जारी गर्न लागेको थियो ।

Citizen Life
Kumar Bank

कम्पनीको आईपीओ प्रति कित्ता ८ सय २० रुपैयाँ ८० रुपैयाँका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । रिलायन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी कम्पनीको छ ।

 

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्